स्पेनमा संकलन भएको २ लाख रुपैयाँ, बलबहादुरका आफन्तलाई हस्तान्तरण


बार्सिलोना/

कास्की चापाकोट धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेनमा करिब २ लाख रुपैया ( १ हजार ८ सय ६ युरो) संकलन भएको छ। स्पेन स्थित नेपाली अनलाईन मिडिया नेपालीनेपाली डटकमको पहलमा रकम संकलन भएको हो।

मिडियाले शुरु गरेको रकम संकलन अभियानमा नेपाली जनसम्पर्क समिति स्पेनले ६५ युरो, प्रबासी नेपाली मन्च ५१ युरो, कास्की सेवा समाज (सस्थागत र कार्यसमिति सदस्यहरुबाट गरि ) २ सय ५२ युरो, तमु समाज ५५ युरो, चितवन समाज ६१ युरो र स्याङ्जा सहयोग समाज स्पेनले ५१ युरो सहयोग गर्दै अभियानमा साथ दिएका थिए। बाकि रकम स्पेनबासि नेपालीहरुले व्यक्तिगत रुपमा सहयोग गरेपछि रकम जुटेको हो ।

संकलन भएको रकम मंगलबार एक कार्यक्रमको आयोजना गर्दै गुरुङका भान्जा बेलकाजी गरुङ्लाई हस्तान्तरण गरिएको छ। पहल गर्ने मिडिया, सहयोग गर्ने संघ सस्था र एनआरएनका प्रतिनिधिहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै बक्ताहरुले एक नेपालीको जीवन रक्षाको निम्ति नेपालीनेपाली डटकमले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल,रास्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एक राज गिरी,नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मन्चका अध्यक्ष दिनेश गुरुङ,तमु समाजका अध्यक्ष ज्योती गुरुङ, चितवन समाजका प्रतिनिधि उमेश अधिकारी,कास्की सेवा सहयोग समाजका अध्यक्ष दिलनाथ भण्डारी, स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय परीषद् सदस्य सन्तोष श्रेष्ठ,एनआरएनए युवा प्रतिनिधि लक्ष्मण शर्मा,महिला फोरम सदस्य नारायणी तिमिल्सिना लगायतले बोलेका थिए।

10962116_619378868207764_1276811783_nनेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले सहयोग अभियानमा साथ दिने संघसस्था र नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्। उनले भने,” यति धेरै रकम उठ्छ भन्ने सोचेका थिएनौ,हामीलाई समुदायले नै साथ दियो र बिरामीलाई रकम जुटाउन सक्यौ, अब सबैको कामना छ गुरुङको मृगौला प्रत्यारोपण गर्न सकियोस्। ”

पोखरामा गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार गुरुङको मृगौला प्रत्यारोपण गर्न करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने भएको छ । तर आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्।

10988586_1415331275432932_917620833_o-1024x876बल बहादुर गुरुङ

यो पनि पढ्नु होस्बलबहादुर उपाचारर्थ सहयोगमा नेपालीनेपाली डटकमको पहल किन ? 

 

सहयोग दाताहरुको पूर्ण बिबरण

बेल काजी गरुङ्- ५१ युरो

शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो
राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो
प्रितम गुरुङ – ५० युरो
सन्तोष श्रेष्ठ – ३१ युरो
पुष्कर कार्की – २५ युरो
रबिन गुरुङ – २१ युरो
कुमार गुरुङ – २० युरो
बसन्त थापा – २० युरो
तुलसी रिजाल – १० युरो
पासङ् शेर्पा – १० युरो
जिग्मे शेर्पा – १० युरो
हेम प्रसाद पाण्डे – १० युरो
तारानाथ ढल्लाकोटी – ५५ युरो
ओमर बहादुर गुरुङ ( ओला नेपाल)- ५१ युरो
नेपाल ग्रामेन्ट बार्सिलोना – २० युरो
हेमन्त रानाभाट – २० युरो
भोला लामिछाने – १० युरो
राजु थापा मगर – १० युरो
(कास्की सेबा समाज स्पेन- २सय ५२ युरो )
सस्थागत- १०१ युरो र बाकि
दिलनाथ भण्डारी(अध्यक्ष) – ५६ युरो
,कुमार गुरुङ -२५ युरो
सुरेश भण्डारी -१० युरो
कृष्ण राज धमाला -१० युरो
पुष्प केसी -१० युरो
कमल प्रसाद अधिकारी -१० युरो
राजेन्द्र कडेल -१० युरो
बिशाल ढुंङ्गाना -१० युरो
जित बहादुर कुमालले -१० युरो
प्रबासी नेपाली मन्च स्पेन(सस्थागत) – ५१ युरो
दिनेश राज रेग्मी १० युरो
दिनेश गिरी ११ युरो
शिब लामिछाने ३५ युरो
एक राज गिरी २१ युरो,
हेमन सिंह गुरुङ २० युरो
बल बहादुर कार्की १० युरो,
तुलसी शिवाकोटी १० युरो,
पुरुषोत्तम भट्टराई १० युरो
शितल भुर्तेल,भुसाल/जीबन भुसाल -३५ युरो
तिलक कार्की (नमस्कार रेस्टुरेन्ट) -२५ युरो
पुष्प राज तिमिल्सिना -२१ युरो
एक राज भण्डारी (राजु)- २० युरो
बिनिता रेग्मी (कासा नेपाल) – २० युरो
भुवन कटुवाल – २० युरो
ताराजंग गुरुङ – २० युरो
हरी सुबेदी – १५ युरो
रबी पाण्डे – १५ युरो
केदार ढुंगाना – १० युरो
कालु जिरेल – ५ युरो
महेश्वर कडेल – ५ युरो
दिपक खरेल – २५ युरो
मुक्त बहादुर गुरुङ – २१ युरो
रबि श्रेष्ठ -१५ युरो
सुन्दर ट्बाटी -१५ युरो
दिपक प्रसाद कोईराला (दिप दर्शन) – १० युरो
माया सिंह तामाङ् – १० युरो
करण तनवार (भारतीय नागरिक) – ५
तमु समाज स्पेन सस्थागत -५५ युरो
चितवन समाज स्पेन -६१ युरो
स्याङ्जा सहयोग समाज स्पेनले -५१ युरो
बेन बहादुर गुरुङ ( बिमल) -३१ युरो
रोशन बहादुर गुरुङ – २१ युरो
सरु गुरुङ – १५ युरो
सञ्जु मास्के -१५ युरो
युबराज गुरुङ – १४ युरो
ताल प्रसाद गुरुङ – १० युरो
भक्त बहादुर गुरुङ – १० युरो
धन बहादुर गुरुङ – ५ युरो
नेपाली जनसम्पर्क समिति स्पेन- ६५ युरो
पेशल कोईराला -२० युरो
चिरन गुरुङले- १० युरो