म कि त बोल्दिनँ, बोलेपछि फिर्ता हुन्नँ । अध्यक्षमा उम्मेदवारी दिन्छु ।


म सचिवमा चुनाव लडें । एक्लै आफ्नै बलबुताले चुनाव लडें । हारेर पनि मैले चुनाव जिते । महासचिवमा उम्मेदवार घोषणा गरें । तर, मलाई निर्वाचित हुनबाट वञ्चित गरियो । म कि त बोल्दिनँ, बोलेपछि फिर्ता हुन्नँ । यसमा ढुक्क हुनुहोस् । म अध्यक्षमा उम्मेदवारी दिन्छु ।

  • विनय अधिकारी

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० हुने गरी निर्णय भएको छ । ‘नेपाल बाहिरको नेपालीको सुखदुःखको साथी’ भन्ने नारालाई आत्मसात् गर्दै एनआरएनको संस्थागत विकासकालागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

मैले लामो समयदेखि एनआरएनमै बसेर नेपालको हित र महिला सशक्तीकरणको आवाज उठाउँदै आएकोतपाईंहरुलाई थाहा नै छ । पछिल्लो समय नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यवसायीक्षेत्रमा देखिएको समस्यालाई मैले निकै नजिकबाट हेरिरहेको छु । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीले खेल्न सक्ने भूमिका पनि एक महत्वपूर्ण कोसेढुंगो सावित हुनसक्छ । लगानीको वातावरण बनाइदीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता हो । नेपालको विकास नेपालीको हितमा रहेर कामगर्नका लागि एनआरएनमा मेरो भूमिकामा केन्द्रित हुनेछु ।

हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी र कोभिड–१९ कारण नेपाली जनताले भोग्नु परेको कष्टप्रद क्षणमापनि हामीले सँगै हातेमालो गरेर अघि बढेका थियौं । भोलिका दिनमा आइपर्ने विपत्  व्यवस्थापन, आर्थिकसहायता लगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार रहेको जानकारी म यहाँहरु समक्ष गर्न चाहान्छु । नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हकअधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार पेन्सनको विषय एनआरएनएमार्फत नेपालसरकारसँग निरन्तर यस्ता मुद्दामा मेरो सधैं प्रयात्न रहन्छ ।

तर पछिल्लो क्रममा एनआरएनएभित्र झैझगडा, राजनीतिक हस्तक्षेप र गुटबन्दी धेरै नै देखियो । अर्कोतर्फ ठूलाव्यवसायी र पैसा भएका मात्र एनआरएनको नेतृत्वमा पुग्नसक्छ भन्ने जनमानसमा छाप परेको छ । त्यसलाईचिर्न पनि कसैले आँट त देखाउनु पर्‍यो । त्यसैले एनआरएनको नेतृत्व अब युवाले लिनुपर्छ भन्नका खातिर पनिमैले सन् २०२३–२०२५ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

सम्पन्नशाली छौं भन्नेहरुले एनआरएन बिगारेका हुन् । मध्यपूर्व, युरोप वा अमेरिकामा मजदुरी गर्नेले एनआरएन बिगारेका हुन् र ? नेताहरुको दैलोमा पुगेर चाकडी गर्ने अभियन्ताहरुले नै संघलाई यो हालतमा पुर्‍याएका हुन् ।

१३ वर्ष म एनआरएनको अभियानमा जोडिएको छु । कतिपयसाथीहरुलाई एनआरएनमा विभिन्न पदहरु लिंदै रोलक्रमसँगैअगाडि बढ्ने इच्छा होला । पदहरुमा पटक–पटक जाने,विभिन्न खालका लाभहरु लिने र व्यावसायिक तथा व्यक्तिगतफाइदाका लागि सधैं पदसँगै रहने बानी पनि होला । तर, यदिमसँग क्षमता छ । संघको नेतृत्व लिन सक्छु भन्ने भयो भनेमलाई महासचिव वा उपाध्यक्षमा चुनाव लड्नु छैन ।  म सीधैनेतृत्वमा पुगेर गाडी हाक्न सक्छु भन्ने विश्वास छ। अहिलेएनआरएनको साख गिरेको छ । त्यसलाई बचाउन पनि अबनेतृत्वमा जानैपर्छ भन्ने ठानेर मैले यस्तो निर्णय लिएको हुँ ।संघको नेतृत्व लिनका लागि पालै कुरेर अघि बढ्नुपर्छ भन्ने छैन । मेरो उम्मेदवारीले युवा पुस्ताका गैरआवासीय नेपालीहरुलाईअघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।

अग्रज प्रतिस्पर्धीहरुसँग लामो अनुभव छ भनेर भन्नुभन्दा पनि लाप्राक बस्तीदेखि संघको भवन निर्माणसम्मलाईहेरौं । किन उहाँहरुले सही निर्णय लिन सक्नुभएन । उहाँहरु पनि त्यो निर्णयकर्ताको भूमिकामा हुनुहुन्थ्यो । दुवैप्रोजेक्टका लागि जति खर्च भयो त्यो उपयोगी हुन सकेन भन्नेमा मेरो जोड छ । लाप्राक बस्तीमा मैले हालसालैभिजिट गरें । घरहरुमा झार उम्रेका छन् । माथिबाट बस्तीको फोटो समग्ररुपमा राम्रै देखिन्छ । तर, दैनिकजीवन उपयोगी कामका लागि प्रयोग हुन सकेको छैन । मैले त धन्सार र गोठको रुपमा परिणत भएको पाए । अर्कोतर्फ एनआरएन भवनको जग्गा विवादले गैरआवासीय नेपालीहरुलाई चिन्तित तुल्याएको छ ।

अहिले मसँग प्रतिस्पर्धा गर्ने साथीहरु पनि ति प्रोजेक्टको निर्णय तहमा नै हुनुहुन्थ्यो । अब उहाँहरुबाट केपरिवर्तनको आशा राख्न सक्छौ ? उहाँहरुलाई अनुभवी के आधारमा मान्ने ? अहिले नेपालकै उदाहरण हेर्नुहोस् । ठूला राजनीतिक दलका नेताहरुको चुनावमा हालत के भयो ? रवी लामिछाने, बालेन शाह र हर्क साम्पाङहरुकसरी उदाए ? ठूला दलहरुले मान्छेलाई मान्छेलाई नगनेर होइन ? हो त्यही रुप र शैलीमा एनआरएनमा पनिछ । ढुक्क हुनुहोस् यो पटक परिवर्तन हुन्छ ।

मेरो शक्ति भनेकै परिवर्तन चाहाने गैरआवासीय नेपालीहरुको मत हो । एनआरएनको पुरानो कार्यशैलीबाटवितृष्णा जागेका व्यक्तिहरुले मलाई नेतृत्वमा चुन्नुहुनेछ । अन्य साथीहरुले जित्नु भयो भने तपाईं के परिवर्तनकोआशा राख्नुहुन्छ ? उहाँहरुको कार्यशैली सबैलाई थाहा नै छ । कुनै नौलो कुरा भएन । म नेतृत्वमा पुगे भनेएनआरएनलाई मिलाउन सक्छु । ड्राईभ गर्न सक्छु ।

यो पटक अनलाइन भोटिङ्ग पनि छ । यहाँ कुनै पैसाको चलखेल गरेर भोट किनबेच हुनेवाला छैन । त्यसैले पनिम ढुक्क छु । अहिलेका उम्मेदवार साथीहरुले पहिले एउटा पदमा चुनाव जित्न कति खर्च गर्नुहुन्थ्यो ?  तीन देखिपाँच करोड रुपैयाँसम्म खर्च गर्नुभएको होइन ?  चुनावका लागि कुनै व्यक्तिले करौडौं रुपैयाँ किन खर्च गर्छ ?संस्थामार्फत लाभ लिएर त्यो पैसा उठाउदैन भन्ने के ग्यारेन्टी छ ?  तपाईंहरुले बुझ्नुहोस् । हाम्रो टाउकोकोमूल्यमा नेपालमा लगानी भएको छ । गैरआवासीय नेपाली संघ भन्दै विभिन्न हुण्डी काण्डबाट पैसा लैजाने काम भइरहेका छन् । संस्थालाई कतिपयले कमाउने थलो बनाएका छन् । समाजसेवा गर्ने थलोलाई व्यक्तिगतलाभका लागि प्रयोग गर्दै आएका छन् । 

न मैले हिजो कसैको पैसा लिएको छु न त लिन्छु नै । आफ्नो पद र स्वाभिमानलाई कहिल्यै बार्गेनिङ्ग गर्दिनँ । मेरो कति मत आउने र जित्ने भन्ने कुरा डेलिगेट्सले भोट हालेको दिन नै थाहा हुनेछ । म चुनाव जित्छु भन्नेमा पूर्ण विश्वस्त छु

निर्वाचन नजिंकै गर्दा दलका नेताहरुको दैलो चाहार्ने कामयसपटक पनि सुरु भएको छ । तारे होटलमा बैठकहरु गर्दैफेरि पनि संघभित्र राजनीतिक भित्राउने कुचेष्टा गरिएको छ । विवाद निम्त्याउने कामहरु भइरहेका छन् । म त्यसको घोरभर्त्सना गर्दछु । हयात होटलमा एनआरएनको काण्ड हामीलेबिर्सेका छैनौं । दोष अरुलाई दिएर हुँदैन। त्यसको दोषीअहिलेकै साथीहरु नै हुन् । हामी अभियन्ता हौं । सम्पन्नशाली छौं भन्नेहरुले एनआरएन बिगारेका हुन् । मध्यपूर्व, युरोप वा अमेरिकामा मजदुरी गर्नेले एनआरएन बिगारेका हुन् र ? नेताहरुको दैलोमा पुगेर चाकडी गर्ने अभियन्ताहरुले नै संघलाई यो हालतमा पुर्‍याएका हुन् ।

तपाईंले मेरो चुनावी खर्चको कुरा गर्नुभयो । सामान्य रुपमा पनि एनआरएनको अध्यक्ष लड्नका लागि मनोनयनशुल्क मात्रै पाँच लाख रुपैयाँ छ । पहिले त १० लाख रुपैयाँ थियो । अहिले आधा कम गरिएको रहेछ । अब केभनौं अध्यक्षमा चुनाव लड्दा पैसाको खोलो नै बग्छ । तर, परिवर्तनका लागि चुनाव लड्दा मैले विकृति भित्राउनहुन्न भन्नेमा सचेत छु । मेरो खर्च निकै  न्यून गर्ने सोचमा छु । तर पनि सामान्य मान्छेलाई पनि  चुनावमासोचेभन्दा बढी नै खर्च छ ।

म गत अधिवेशनमा पनि महासचिवको उम्मेदवार हो । ६ लाख रुपैयाँ त मनोनयन शुल्क नै थियो । मैलेउम्मेदवारी दर्ता  महासचिवमा गराए । तर, म आँफूलाई पनि थाहा थिएन । एकैचोटी मञ्चबाट उपमहासचिवभनेर घोषणा गरिदिनु भयो । खै उहाँहरुको कस्तो सहमति थियो ? अझैसम्म मैले बुझ्न सकेको छैन ।मतदाताको मताधिकार खोसेर र मिचेर जुन निर्णय आयो त्यो गलत थियो। मैले त्यतिबेला पनि विरोध गरेकै थिए । तीन/चार जनाभित्र जानुभयो । कापीमा भटाभट लेखेर नाम सुनाउनुभयो । निकै हास्यास्पद माहोलको साक्षीबनियो । एकताका लागि भनेर निर्णय गरेका ती साथीहरु के गरे ? न सल्लाहकार समिति गठन गर्न सके। नसंरक्षक गठन गर्न सके । न आईसीसी सदस्य मनोनयन गर्न नै सके । अन्य कामका कुराहरु त परको कुरा ।

अब तिनै साथीहरु फेरि अध्यक्ष लड्छु भन्दै हुनुहुन्छ। यो त लाजमर्दो भएर र ? उहाँहरुलाई मौका दिएकै हो ।तर, गर्न सक्नुभएन । बरु अब हामी युवाहरुलाई उहाँहरुले सहयोग गर्नुपर्छ । तर, मैले आशा मारेको छैन ।सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु। यही प्रवृत्तिको विरुद्धमा पनि मेरो अहिलेको अध्यक्षमा उम्मेदवारी हो ।

च्याँखे दाउका लागि उम्मेदवारी दिनुभएको हो ? व्यक्तिगत स्वार्थमा उम्मेदवारी फिर्ता हुनसक्ने सम्भावनालाईतपाईंले  प्रश्न गर्नुभयो । यो निकै गम्भीर कुरा हो । यो एनआरएनमा देखिंदै आएको प्रवृत्ति हो । त्यसकै विरुद्वमामैले आँट गरेको हुँ । केही मान्छेहरुले गर्ने यस्ता प्रवृत्तिका कारण  हामी सबैका लागि आज प्रश्न बन्ने गरेको छ।यो दुर्भाग्य हो। म सामाजिक मान्छे । मेरो आफ्नै इथिक्स छ । विभिन्न संघसंस्थामा आवद्ध भएर काम पनि गरें । मसँग कुनै लोभलालच छैन ।

हिजोको मेरो इतिहास पनि हेर्नुहोस् न । म सचिवमा चुनाव लडें । एक्लै आफ्नै बलबुताले चुनाव लडें। २९३ भन्दाबढी मत ल्याएँ । हारेर पनि मैले चुनाव जितेको हुँ । महासचिवमा उम्मेदवार घोषणा गरे । तर,  मलाई निर्वाचितहुनबाट वञ्चित गरियो । म कि त बोल्दिनँ । बोलेपछि फिर्ता हुन्नँ । यसमा ढुक्क हुनुहोस् । म आगामीकार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन्छु । फेरि पनि भनौं- न मैले हिजो कसैको पैसा लिएको छु न त लिन्छु नै । आफ्नो पद र स्वाभिमानलाई कहिल्यै बार्गेनिङ्ग गर्दिनँ । मेरो कति मत आउने र जित्ने भन्ने कुरा डेलिगेट्सले भोट हालेको दिन नै थाहा हुनेछ । म चुनाव जित्छु भन्नेमा पूर्ण विश्वस्त छु ।

अन्त्यमा निष्पक्ष रुपमा डेलिगेट्स छानिएर आवोस् भन्ने कामाना पनि गर्दछु। फेरि पनि एनआरएन डेलिगेट्सकैविषयमा विवादमा फस्छ कि भन्ने चिन्ता कता कता छ । तर,  संस्थाले यो पटक जसरी पनि चुनाव गराउनुपर्दछ। नयाँ नेतृत्व छान्ने अधिकार गैरआवासीय नेपालीले पाउनुपर्छ  ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी उपमहासचिव विनय अधिकारीसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।) 

स्रोत अनलाईनखबर