पाँच जनाकै उम्मेदवार कायम रह्यो भने मैले चुनाव जित्छु


यदि पाँच जनाकै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु । करिब १३५० मत ल्याएर चुनाव जित्छु । यत्ति कुरो चाहिं म ठोकुवा गरेर भन्न सक्छु ।

  • रविना थापा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा म अध्यक्षकै प्रत्यासी थिएँ । महाधिवेशन प्रतिनिधि विवाद, गुटबन्दी, राजनीतिक हस्तक्षेप र विभिन्न कारणले चुनाव हुन सकेन । अझ भनौं त्यतिबेला चुनाव नै हुन दिइएन । डेलिगेट्सलाई आफ्नो नेतृत्व छान्न पाउने अधिकारबाट वञ्चित गरियो । त्यसैले अहिले गैरआवासीय नेपालीहरुको मतले चुनाव जितेर नेतृत्वमा पुग्ने संकल्प छ ।

मेरो उम्मेदवारी स्वाभाविक पनि हो । अध्यक्षमा ६ महिना कार्यकारी जिम्मेवारी सम्हालें । संस्थामा गर्नुपर्ने धेरैअधुरा कामहरु छन् । यसअघि सेलेक्सनबाट कार्यकाल बन्यो ।  तर, मलाई इलेक्सनबाट निर्वाचित हुन मन छ । एनआरएन निर्वाचनमुखी संस्था बन्दै गएको छ । निर्वाचन भएको एक वर्षसम्म बधाई खाने । र, अर्को वर्षदेखिचुनावी रन्को । काम कहिले गर्ने त  ? त्यसका खातिर पनि संस्थामा परिवर्तनको जरुरी छ । यो ठूलो जिम्मेवारी बोकेको संस्था हो । त्यसैले आफूलाई सक्षम र अब्बल सम्झेर नै चुनाव लड्ने निर्णय गरेकी हुँ ।

निर्वाचनको बेला एनआरएनमा ठूलो राजनीतिक तरंग देखिन्छ । पहिलो कुरा त एनआरएनमा दलीय समर्थनभन्ने कुरा नै हुँदैन। एनआरएनको पञ्जीकृत सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म दुईचार जना नेताहरुलाई सबैले चिनेकै हुन्छन् । अब नेताहरुको दैलोमा पुग्दैमा दलीय समर्थन मिल्यो भन्न मिल्दैन । यही कारणले आजएनआरएन यो हालतमा आइपुगेको हो। यदि दलीय हिसाबले समर्थन गर्ने कुरा गर्नुहुन्छ भने कांग्रेसको सबैभन्दानजिक त म नै छु । म रगतमा नै कांग्रेस भएको परिवारबाट प्रतिनिधित्व गर्छु । एकदुई जना नेताले भन्दैमा यसलाई समर्थन भन्ने हुँदैन । यदि पार्टीले कुनै निर्णय गरेको छ भने खै त प्रमाण ? बाहिर ल्याउनुहोस् । मलाईदेखाइदिनुहोस् ।

१०/१५ वटा संस्थाको नेतृत्व लिइसकेको अनुभव मसँग छ । तर, मैले संस्थाभित्र कहिल्यै राजनीति गरिनँ । एनआरएनमा पनि म राजनीतीकरण हुन दिन्नँ । त्यसको लागि पनि मेरो उम्मेदवारी हो । कार्यकाल छोटो रह्योभन्दै अघि बढ्न मलाई पनि नेताहरुको सुझाव छ । तर, मैले त्यसलाई सुझावको रुपमा मात्रै लिनुपर्दछ । यो वात्यो समर्थनको नाम दिंदै प्रचारबाजी गर्न आवश्यक छैन । त्यसले संस्थालाई ठूलो नोक्सान पुग्छ ।

 करिब १३५० मत ल्याएर मैले चुनाव जित्छु । यति कुरोचाहिं म ठोकुवा गरेर भन्न सक्छु । बरु उहाँहरु सबै मिलेर एउटा टिम बनेर आउनुभयो भने मसँग कडा प्रतिस्पर्धा हुनेछ ।

महिला भएकै कारणले प्रतिस्पर्धीमा मलाई कमजोर जस्तो ठानिएको होला । तर,  त्यो भम्र हो । मलाई कमजोर र गलतदेखाउने प्रचार मात्रै हो । १०औं महाधिवेशनमा मलाई के भनिन्थ्यो ? मनोनयन दर्ता नै गर्दिनँ । ऊ उम्मेदवार नै होइन । अध्यक्षमा उठ्दिनँ । प्रचारका लागि प्रचार गरियो । तर, अध्यक्षमा  मनोनयनदर्ता गराउने पहिलो व्यक्ति म नै थिएँ । दुर्भाग्यवश मैले उम्मेदवारी दिएकै कारण चुनाव नै गराउनसकेनन् । तपाईंहरुले त्यसरी बुझ्नुहोस् ।

अहिले पनि मलाई कमजोर देखाउने प्रयास भइरहेको छ । मेरोउम्मेदवारीमा शंका गरिएको छ । त्यसैले  म यहाँ मार्फत गैरआवासीय नेपालीहरुलाई भन्न चाहान्छु– भ्रममानपर्नुहोस् । म  ११औं महाधिवेशनमा अध्यक्षको प्रमुख दाबेदार हुँ । म उम्मेदवारी दिन्छु । र,  मेरो उम्मेदवारी कुनैपनि हालत फिर्ता हुँदैन । अघिल्लो अधिवेशनमा पनि उहाँहरुकै प्रतिस्पर्धी थिएँ । र, अहिले पनि । डा. बद्रीकेसीजीको समूहमा रहनुभएका साथीहरु महेश श्रेष्ठजी, आरके शर्माजी अहिले तीनतिर हुनुहुन्छ । प्राविधिकरुपमा त मलाई चुनाव जित्न झन् सजिलो भएन र ? अहिले त कुलजी पनि प्रतिस्पर्धामा हुनुहुन्न ।

सिङ्गो बद्री केसी टिमसँग हिजो प्रतिस्पर्धा गर्न उत्रिएकी थिएँ । आज त झन् सजिलो भएको छ । त्यो समूहतीनतिर बाँडिएको छ । मेरो प्रतिस्पर्धा १०औं महाधिवेशनमा पनि र ११औं महाधिवेशनमा पनि डा. बद्री केसीसँगनै हो । म उहाँलाई कडा टक्कर दिन्छु अन्य तीन जनालाई म प्रतिस्पर्धी नै ठान्दिनँ । आफ्नै उपाध्यक्षहरुलाईपनि के–को प्रतिस्पर्धी ठान्ने ? हैन र ?  म उपाध्यक्ष हुँदा उहाँहरु सचिव, कोषाध्यक्ष हुनुहुन्थ्यो । अनलाइनबाटपनि होइन, ब्यालेटमा चुनाव जितेर उपाध्यक्ष बनेकी थिए । पहिले उहाँहरुले कम्तीमा त्यो लेवल बनाउनुपर्छ । त्यसपछि मात्रै प्रतिस्पर्धा हुन्छ ।

मैले प्राप्त गर्ने मतबारे यहाँले प्रश्न गर्नुभयो । तपाईंलाई यो पनि भनिदिन्छु । मेरो सबैभन्दा राम्रो मत आउँछ । यदि पाँच जनाकै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु । करिब १३५० मत ल्याएर मैले चुनाव जित्छु । यति कुरोचाहिं म ठोकुवा गरेर भन्न सक्छु । बरु उहाँहरु सबै मिलेर एउटा टिम बनेर आउनुभयो भने मसँग कडा प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ता लिनुहुन्छ ? भनेर मलाई पटक-पटक प्रश्न गर्नुभन्दा उहाँहरुलाई यही प्रश्न सोध्नुपर्छ जस्तो लाग्छ । मलाई त यो प्रश्न स्वाभाविक हुन्छ जस्तो लाग्दैन ।

अर्को कुरा उहाँहरु तीन जना एकैठाउँमा हुँदा हिजो कुन दलको समर्थन थियो ? र आज तीनतिर हुँदा कुन–कुनदलको समर्थन छ ? पार्टीले त्यसरी निर्णय गर्छ भन्ने मलाई लाग्दैन । तर नेताहरुले मलाई पनि अघि बढ्नसुझाव दिएका छन् । त्यो आधारमा मैले मलाई दलीय समर्थन मिल्यो भन्न मिल्दैन ।

अहिले १६ जना उपाध्यक्षहरु हुनुहुन्छ । १२ जना सचिवहरु छन् । मैले त राम्रोसँग चिन्दिनँ पनि । त्यो भीडबाटउम्मेदवारी घोषणा गर्नेको मूल्यांकन गर्ने कि ।  म त निर्वाचित उपाध्यक्ष पनि थिएँ । सर्वाधिक मत ल्याएकी थिएँ । अहिले संघको नेतृत्व पनि गरिरहेकी छु । अब भन्नुहोस् कसलाई बढी महत्व दिने ? म त उहाँहरुलाईउपाध्यक्षमा नै चुनाव लड्न सुझाव दिन्छु । त्यसैले फेरि पनि भन्छु मेरो प्रतिस्पर्धा उहाँहरुसँग होइन । र, छैनपनि ।

सबैभन्दा पहिले त एनसीसीहरुमा चुनाव राम्रोसँग गराउनुपर्ने दायित्व थियो । यसपटक विवादरहित ढंगले एनसीसीहरुको चुनाव सम्पन्न भएको छ । त्यो आफैंमा ठूलो सफलता पनि हो । गत अधिवेशनमाएनसीसीहरुकै विवाद ठूलो थियो । तर,  त्यो अहिले छैन । एनसीसीहरुको चुनाव नहुँदै आफ्नो उम्मेदवारीघोषणा गर्ने कुरा आएन । त्यसैले अहिले आएर सही समयमा नै उम्मेदवारी घोषणा गरेकी हुँ ।

अमेरिका, क्यानाडा, जापान, कतारमा रहेका गैरआवासीय नेपालीहरुसँग छलफल सम्पन्न भयो । अबको तयारीमेरो युरोपतिरको छ । संसारभरका गैरआवासीयहरुसँग भलाकुसारी गर्न निकै सजिलो छ । प्रविधिले गर्दा म दैनिक रुपमा उहाँहरुसँग नै व्यस्त छु । म धेरै मिडियाबाजी गर्दिनँ । यसको मतबल यो होइन कि मेरो तयारीकमजोर छ । यत्ति बुझ्नुहोस् महाधिवेशन प्रतिनिधिहरुसँग धेरै नजिक छु । खासै भन्ने हो भने चुनावमा प्यानलबनाउन पाइँदैन । मेरो एजेन्डासँग मिल्ने साथीहरुसँग सहकार्य हुन्छ। तर, प्यानलको रुपमा आफैंले प्रचार गर्दैमेरो उपाध्यक्ष, मेरो महासचिव भन्न पाइँदैन । त्यो विधान विपरीत हो ।

अध्यक्ष भइसकेको मान्छे चुनावमा लज्जास्पद हार व्यहोर्नु परे के गर्नुहुन्छ ? भनेर जुन प्रश्न राख्नुभयो– पहिलोकुरा त त्यस्तो सम्भावना मैले देख्दै देख्दिनँ। यदि मानौं त्यो भइहाल्यो भने सक्षम मान्छेलाई संस्थामा ल्याउननसकेकोमा  एनआरएनहरुले पछुतो मान्नुपर्नेछ । संस्थाले पनि ठूलो घाटा व्यहोर्नुपर्नेछ । संस्थामा झन्राजनीतिक हस्तक्षेप बढ्ने छ । गुट बढ्ने छ । झन् भद्रगोल अवस्थामा पुग्नेछ । यो सबै जिम्मेवारी डेलिगेट्सले लिनुपर्नेछ । भद्रगोल देख्न चाहने डेलिगेट्सले मात्र त्यस्तो अवस्थाको परिकल्पना गर्नेछन् ।

तर, चुनावमा हारजित हुन्छ । त्यो स्वाभाविक पनि हो । मलाई दुवै चिजको महसुस र अनुभव छ । त्यसैले पनिचुनावसँग म कहिल्यै डराउन्नँ । मेरो ६ महिनाको कार्यकाल हेर्नुहोस् । काम गर्नेलाई रोज्ने कि ? भाषण वा गफगर्नेलाई ? अब कसलाई रोज्ने ? त्यो सबै डेलिगेट्सको हातमा छ । कामलाई हेरेर गैरआवासीय नेपालीहरुलेमलाई अध्यक्षमा विजयी गराउनुहुनेछ भन्नेमा म ढुक्क छु ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षको प्रत्यासी एनआरएन अध्यक्ष रविना थापासँगअनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

स्रोत अनलाईनखबर