नेपालीनेपाली डटकमले संकलन गरेको रकम हस्तान्तरण


कास्की चापाकोट धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेनमा करिब २ लाख रुपैया ( १ हजार ८ सय ६ युरो) संकलन भएको छ। स्पेन स्थित नेपाली अनलाईन मिडिया नेपालीनेपाली डटकमको पहलमा रकम संकलन भएको हो। संकलन भएको रकम मंगलबार एक कार्यक्रमको आयोजना गर्दै गुरुङका भान्जा बेलकाजी गरुङ्लाई हस्तान्तरण गरिएको छ।