बलबहादुर उपाचारर्थ सहयोगमा नेपालीनेपाली डटकमको पहल किन ?


– बसन्त रानाभाट

एउटा नेपाली अस्पतालको शैयामा छटपटीएको खबरले कुन नेपालीको मन रुदैन होला र ? मान्छेको मन सबै भन्दा धेरै बहकिन्छ जब मानबिय समबेदनाका खबरहरुले। चाहे बिदेशमा होस् वा स्वदेशमा कुनै पनि नेपाली अस्पतालमा शैयामा आफ्नो मृत्यु सँग लडिरहेको छ भने त्यो अन्यन्तै दुखद पल हो। त्यति बेला हाम्रो मन भक्कानिन्छ। अझ कसैलाई रकमको अभाबले ,खर्च जुटाउन नसकेर उपाचार प्रकिया नै रोकिएको अवस्था छ भने त, त्यहा सहयोगको झन् ठुलो खाचो हुन्छ। त्यसैको एउटा पहल हो बलबहादुर सहयोग अभियान।

कास्की चापाकोट गाबिस -१ धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको दुवै मृगौलाले काम गर्दैन।उनको मणीपाल शिक्षण अस्पताल पोखरामा उपाचार भईरहेको छ। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबारले जनाएको छ। चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गरे गुरुङले पुन नयाँ जीबन पाउन सक्छन्। करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा,आर्थिक अभाबका कारण अहिले सम्म प्रत्यारोपणको हुन सकेको छैन।

तस्बिर:- बलबहादुर

नेपालीनेपाली डटकमले सहयोग जुटाउन किन पहल गर्यो ?

समाजमा घटेका घटनाहरुलाई समुदाय सम्म पुर्याउने काम मिडियाको हो। कहिले सुखद कहिले दुखद सबै किसिमका घटना क्रमलाई समाजमा प्रस्तुत गर्ने हाम्रो धर्म हो। राजीनितिक घटना क्रम मात्र समाचार हैनन् ,औपचारिक कार्यक्रमका गितिबिधि मात्र पनि समाचार हैनन् ,मनोरंजन गित संगीतका गतिबिधी मात्र पनि समाचार हैनन्। समाजिक रुपमा,पारिबारिक रुपमा एउटा प्रतिनिधी पात्रले भोगीरहेको दुख, बेदना र भोगाईका पलहरु पनि समाचारमा अट्न सक्छन् । कसैलाई रकम अभाब भएर जिन्दगी नै मृत्युसँग लडिरहेको खबर पनि समाचार बन्न सक्छ त्यसैले हामीले यसलाई नेपाली समुदाय माझ पुर्याएका हौ। एउटा बलबहादुरको मात्र हैन सम्पूर्ण नेपालीहरुको पिडा र मर्कालाई सम्भब भए सम्म समुदाय माझ प्रस्तुत गर्ने जिम्मेबारी हाम्रो हो।

बल बहादुर सहयोग समितीले बिभिन्न देशमा रकम संकलन गर्दै

बल बहादुरको मृगौला प्रत्यारोपण गर्दा करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा रकम जुटाउनको लागि जुम काजी गरुङ्को संयोजकत्वमा सहयोग समिति गठन भएको छ। समितिमा गुरुङका आफन्त र शुभ चिन्तकहरु नै छन् जुन स्वाभाबिक पनि हो। गुरुङको सहयोगको लागि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। स्पेनको हकमा गुरुङका भान्जा बेलकाजी गरुङ्ले सहयोग र पहल गर्न नेपालीनेपाली डटकमलाई अनुरोध गरे पछि रकम संकलन अभियान शुरु भएको हो। अहिले सम्म स्पेनबासि नेपालीहरुले गुरुङको सहयोगमा १४ सय युरो जुटाईसकेका छन्। यस्तै गरि हङ्कङ्मा १ लाख ५० हजार,कोरियामा ८० हजार जुटिसकेको छ भने अन्य देशमा रकम संकलन कार्य जारि रहेको छ।

सहयोग समितिले रकम एक मुष्ठ गरिरहेको जनाएको छ। रकमलाई उपाचारका अन्य खर्चमा पनि प्रयोग नगरी प्रत्यारोपण कै काममा खर्च गर्ने भनी संकलन गरिएको छ जुन अत्यन्तै सकारात्मक छ। सहयोग समिती गठन गरिएको,अन्य देशहरुमा पनि रकम संकलन भईरहेको र जम्मा भएको रकम प्रत्यारोपण कै काममा खर्च गर्ने जानकारी पाप्त भएकोले नै नेपालीनेपाली डटकमले बिशेष पहल गरेको हो। ताकि कसैको जिन्दगी बचाउन प्रत्येकले गरेको सहयोगको काम आउछ भने त्यो नै ठुलो परोपकारीता हो।

ब्यक्तिगत रुपमा सहयोग गरियो भने कतिलाई गर्ने त ?

हुन त बिरामी पर्ने एउटा ब्यक्ति नै हो,साहेद यो दुनियामा कसैलाई रकम उठाएर जिन्दगी बचाईएको छ भने त्यो ब्यक्तीको नै बचेको छ। कुनै पनि सस्थाले सहयोग गर्दा कतिलाई गर्ने त ? प्रश्न निकै गम्भिर छ र सोचनीय पनि। सस्थागत रुपमा कुनै ब्यक्तिलाई आर्थिक सहयोग गर्दा आफ्नो सहयोग नीति वा मापदण्ड छुट्टै होला। तर मिडीयाको नजरमा सबै ब्यक्ति बराबर छन् र हुन्छन् पनि। नेपालीनेपाली डटकमले कुनै ब्यक्तिको समस्या जीवन र मरणसँग जोडिएको छ भन्ने बुझेर यसलाई बाहिर ल्याएको मात्र हो। अहिले सम्म जति रकम उठ्यो त्यो समुदायले नै उठाएको हो । भोलिका दिनमा पनि कसैलाई अप्ठारो गाह्रो वा यस्तै पिडाहरु देखिए भने हामी समुदाय माझ यसरी नै लैजान्छौ। तर रकम कति उठ्छ ? कति सहयोग गर्ने ? यो जिम्मेबारी समुदाय हो।

बल बहादुर सहयोगार्थ स्पेनमा अहिले सम्म १४ युरो संकलन भई सक्नु साहेद उनको अबस्थाले मान्छेको मन छोयो होला त्यसैले सहयोगको लहर चल्यो। टिका टिप्पणी गर्नु सामान्य कुरा हो तर कसैलाई खुल्ला हृदयले समाजले सहयोग गर्छ भने त्यसलाई नकारात्मक लिनु उचित नहोला। सस्थागत सहयोग मात्र गर्छौ भन्नु आफ्नो बिचार हो तर कसैको व्यक्तिगत जीवनको अवस्था बुझेर सहयोग जुटीरहेको छ भने त्यसलाई पनि स्वागत गर्नु पर्छ। आज परोपकारी पत्रकारिताको कारण प्रबासमा रहेका नेपालीहरुले हजारौ ब्यक्तिहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्दै ज्यान बचाईरहेका छन्।

एनआरएनए स्पेनको रोहबरमा रकम हस्तान्तरण गर्ने

नेपालीनेपाली डटकमको पहलमा उठेको रकम आगामी मंगलबार एनआरएनए स्पेनको रोहोबरमा बलबहादुरका स्पेन निबासी भान्जा बेलकाजि गरुङ्लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। स्पेन बासि नेपालीहरुले मनबाट नै सहयोग गर्नु भएकोमा र मिडियाले गरेको पहलमा साथ प्रति र नेपालीनेपाली डटकम कृतज्ञ छ। आउदा दिनमा पनि चाहे सस्थाले गरेको पहल होस् वा ब्यक्तिगत रुपमा गरिएका पहल किन नहोस्, अवस्थाको पहिचान गरि आफ्नो तर्फबाट सहयोग पुर्याउन नेपालीनेपाली डटकम तयार रहेको छ।

नक्कली फेसबुक मार्फत बलबहादुरले ठगी गरेको आरोप

निर्दोष दोषी नामको फेसबुक अकान्टबाट बलबहादुरसँग आफ्नो लेनदेन कारोबार भएको र बिरामीको नाटक गरि चन्दा उठाएर ठगी गर्न लागेको आरोप लगाइएको छ। आफु जर्मनीबाट र नाम गोकर्ण बिष्ट बताए पनि उनको फेसबुक नक्कली रहेको खुल्न आएको छ । जीवनमा अरु धेरै कुरामा नाटक गरे पनि अस्पतालको शैयाबाट नाटक गर्न सकिंदैन। हुन त आधाकारिक रुपमा कसको आरोप हो ? भन्ने थाहा नहुदै, खण्डन गर्नु त्यति उचित हुदैन होला तर रकम संकलनको कार्य भईरहदा यस्ता कार्यले नकारात्मक सन्देश जाने हुदा खण्डन गरिएको हो। बलबहादुरहरुसँग रकम अभाबले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्। उनि सँग पैसा पनि छैन अन्य आयस्रोत छैन। उनको एक छोरी विदेशमा रहेको साचो हो उनि बिबाहित हुन् ,आफ्नो बाबाको जिबन रक्षाको लागि रकम संकलनमा उनि पनि जुटेकी छन्।

१५- २० लाख रकम भए बलबहादुरले नयाँ जीवन पाउछन्। यही अबस्था बुझेर स्पेनबासि नेपालीहरुले सहयोग गरेका छन्। तर अस्पतालमा शैयामा मृत्यु सँग लडिरहेको मान्छेसँग नक्कली फेसबुकबाट लेनदेनको कारोबार गर्नु उचित हैन। यदी लगाईएका आरोपहरु साँचो हुन् भने पनि उनको परिबार छ आफन्त छ,र न्यायको लागि कानुनी प्रकिया छ।

अन्त्यमा  जुन मनसायले स्पेनबासि नेपालीहरुले सहयोग गरेका छन् त्यही प्रयोजनमा खर्च गराउन सहयोग समितिलाई सचेत गराउछौ।

– बिरामीको अबस्था वा रकम संकलन बारे बुझ्न , बलबहादुर गुरुङ सहयोग समितिलाई सम्पर्क गर्न सक्नु हुनेछ। 11004292_918706564830171_125292413_n 

तपाईको प्रतिक्रिया