छोराछोरीहरु मस्त निदाई रहदा,चाल मारेर काममा भाग्नु पर्ने प्रवासीको ब्यथा


– रोजी लाबुङ् ( राई )
जती पनि नेपालीहरु ग़रीबी र बाध्यताको कारण नै प्रवासमा रहनुभएको छ ,सबैलाई त्यस्तो नहुन सक्छ तर मेरो बिचारमा ९५% नेपालीहरु यस्तै समस्यामा झेलीएर बस्न बाध्य छन् । सुन्न भन्न कल्पना गर्नमा जति सरल सहज छ ,तर ब्यवहार बास्तबिकतामा त्यती नै गाह्रो छ ,प्रबासमा बसेर काम नगरेर खान पाऊन त कल्पना नै नगरु सिर्फ सास फेर्न बाहेक सबै कुरामा पैसा तिर्नु पर्छ ! दिन रात जाडो गर्मी हिऊद बर्खा केही को प्रवाह नगरी आफ्नो जिबीका चलाउन तल्लीन क्रियाशील रहनु पर्छ ,दैनिक रुटिङ्गमा।

कम्पनीको ठुला भनाउदाहरु को जस्तो सुकै रुष्ठ ब्यवहार भए नी बाध्यताले गर्दा आफ्नै दुनिया मा घोट्टी रहन्छन् विवस भएर ! आफ्नो परीवारको खानपीन अनि बच्चाहरु को आउने भविष्यको सपना बोकेर ,तर अफसोच सोचे जस्तो संम्झे जस्तो सबैलाई कहाँ मिल्छ र ? सबै आफ्नो -आफ्नो दैनिक कर्ममा ब्यस्त नत परीबार को सबै सदस्य सँगै बसेर खाने ,कुरा गर्ने समय नै मिल्छ ,साना बच्चाहरु आफ्नै बिस्तरामा मस्त निदाई रहेका हुन्छन्। बाबा आमा चाल मारेर बच्चाहरु को सिरानीमा घडीमा अलराम लगाई दिएर हत्तार हत्तार आफ्नो दैनिक कामको लागी आँखा मिच्दै बाटो लाग्छन्।

केहि क्षणमा घडीको अलराम बज्छ नानीहरु हसाङ्ग फसाङ्ग गर्दै उठेर आफ्नै पाराको नास्ता खाई स्कुलको लुगा लगाएर स्कुल जान्छन् ।नानीहरु के खाएर गए या गएनन् आमा बाबा लाई त्यो पनि राम्रो संग थाहा हुन्न ,जब बच्चाहरु घर फर्कन्छन् फेरी पनि फ्रिजमा भएको खाना निकाली माईक्रोओभनमा तताएर खान्छन्। मनलागे लेख पढ़ गर्दछन् नलागे आईपियाड कम्पुयुटर टिभी हरुमा भुलिन्छन् ,जब आमा बावा दिन भरीको थकाई महसूस गर्दै घरमा आऊछन् ति अबोध बच्चा हरु निदाएर आफ्नै बिस्तारामा लडी रहेका हुन्छन्न। आमा बाबा संग बच्चाहरु ले सँगै बसेर खान पाउछन् नत मनमा लागेका कुरा एक आपसमा साटासाट नै गर्ने उनीहरुसँग समय हुन्छ।
बास्तवमा भन्नु हो भने महिनौ सम्म बच्चाहरु र बाबा आमाहरुको बोलचाल देखादेख सम्म हुन मुस्कील हुन्छ।

नत बच्चाहरु बावा आमाको न्यानो काखमा लुटुपुटु हुने सौभाग्य नै पाउछन् ,बच्चा जन्मेको ३ देखी ६ महिना भित्र चायल्ड केयरको हातमा सुम्पी आउने दिनको सपनाहरु बोकी आफ्नै दैनिक रुटीङ्गमा समय ब्यथीत गर्दछन् । यो सबै रहर होईन बाध्यताले बेरीरहेको प्रबासको एक मौलिकता यसैमा समेटीएको छ। बच्चाको मायामा
सीमित रहेर के गर्ने ? कसलाई आफ्नो बच्चा संग बस्न खेल्न मन लाग्दैन र ?  तर भोली आफु अनि आफ्नो बच्चा बस्ने खाने सबै कुराहरु त्यो माया चाहाना सँगै खोसीएर घर बिहीन अनि भोकै नाङ्गै बाटोको बास हुने छन।

अबोध बाल बच्चाले नत आमा बाबा को न्यानो काँख मा रम्न रमाउने समय पाउछन् ,कति बोली फुटेका २/४ बर्षे बच्चा हरु औंला गन्दै कति दिन कति रात पछि मेरो बाबा या मेरो आमा आऊछन् भन्दै बाटो हेरी बस्छन्। नत कुनै संस्कारहरु बाबा आमा बाट सिक्ने मौका पाउछन् यस्तै धेरै कारण वश प्रबासमा बसेका बच्चाहरु गोडमेल नपुगेको बिरुबा झै धेरै फुल्नै नपाई कोपालामै झर्न पुग्छन्। कुन ठीक कुन बेठीक निष्कर्ष गर्न सक्ने परिपक्वता उनीहरुमा बिकास भएको हुदैन त्यस्तो उमेरमा आफ्नो मान्यजनहरु प्रतिको असहभागीता अनि खुल्ला बातावरण ले गर्दा उनीहरु ग़लत बाटोमा आफ्नो भबिस्य धकेली रहेका हुन्छन।

कुरा बाबा आमालाई प्रायजसो थाहा हुन्न कारण वहाँहरु आफ्नो दैनिक कामको प्रेशर ले शारीरिक र मानसिक रुपमा थकित हुन्छन् ! फेरी आफु जाँदा घरमा आऊदा बच्चाहरु सँधै निन्द्रा को साथमा स्वप्निल दुनियाँमा धुरीरहेका हुन्छन् । जब बच्चाहरु कुलतमा फसीसकेका हुन्छन् तब मात्र आमा बाबा ले थाहा पाउछन् तर के गर्ने ? बेला बिती सकेको हुन्छ अन्तमा पश्चताउन सिबाय अरु कुनै बिकल्प रहँदैन।

त्यसै ले गर्दा हामी जति पनि प्रबासमा बसेका नेपालीहरु प्राय लाई शारीरिक दुख कष्ट मात्र होईन धेरै मानसिक ब्यबहारीक समस्याहरु ले पनि ग्रस्त बनाई रहेको हुन्छ ! बाल बच्चा पनि धेरै जसोले आफु आमा बाबा बिनाको अनाथ भएको महसूस गर्ने गर्दछन् उनीहरु आफ्नै दुनिया मा लिन हुन्छन् घर भित्र नै बस्न रुचाउछन् ,बर्षमा परीवारको सबै सदस्य २ /४ हप्ता जती सँगै बिताउन पाउछन् तर त्यो समयमा पनि बच्चाहरु बाबा आमाहरु सँग कतै बाहिर जाने इच्छा गर्दैनन् ।

कारण उनीहरु घर भित्र नै सीमित रहने आदतमा भिजी सकेकाछन् उनीहरु आफ्नै कोठामा सीमित रहेर टिभी कम्पुयुटर हरु सँग मितेरी गाँस्दै खुसी मिल्ने मनस्तथिती लिई रमाई रहेका छन् ,यो सबै मैले दैनिक जिवनमा देखेका र भोगेका अनुभव हरु हुन ,युके र जर्मनी बसेर बटुलेका अनुभबहरु हुन सायद हजुरहरुले यस्तो अनुभबहरु नगर्नु भएको पनि हुन सक्छ जहाँ सम्म मलाई लाग्छ प्रबासमा बस्नुहुने ९५%नेपाली हरु यस्तै बास्तबीकता मा रुमली धुमली रहनु भएको छ होला ।

– बुधबारे ५ झापा
        नेपाल
   हाल-युकेबाट

4 COMMENTS

  1. Yo tapaiko bastabikta hola tara tapaiko afno matra huna sakchha tapaile 95% vanera thokuwa garnu vako chha tyo malai biswas lagena,UK ma tapaile vanejhai treatment naniharulai garyo vane tapailai child abuse ko kanun lagchha kinaki tapaile child benefit khairakhnu vaako hunchha,dherai paune lov ma kamma januhunchha vane tyo tapaiko afnai kamjori ho,ma pani ahile uk ma baseko 10 years vaisakyo ani 2 ota nani chhan tara maile Tyasto anuvab garya chhaina,ani maile jati pani manchheharu vetya chhu 70 % ko merai jasto paristhiti chha,ma 8hrs kamma janchhu aru bela ma merai naniharu sanga time bitauchhu.ma tapaiko lekh ya anuvab whatever I’m not agree.Tapaiko lekh herda tapaile naniharuko kunai responsibility pura garnu vaye jasto lagdaina.Tapai pahile naniharuko full responsibility linuhos tyaspachhi aru kam sochnuhos sabai thik hudai janechha.

  2. Roji g dhanyabad tapaiko reply ko lagi,sorry Roji g mero thokuwa garnu vo vanne word ko lagi tara % ma vako le garda maile tyo lekhya ho.tapaile 95% mistake ho 65% chahi ho vannuvayo(tapaiko bichara),tara kunai pani social media ma research nai nagari lekhyo vane tapaiko readers lai Ali galat education po hune ho ki?ho roji g tapaile vanejhai afna naniharu sanga time bitaunu parchha ani uniharulai friendly environment banaidinuparchha,tara yo environment ta alikati vaye pani uk ma nai po badi hunchha ki?ani malai Ali Ali achamma lageko kura,ahile uk ma sabai manchhelai same opportunity ani rights diyeko chha,ani sabai manchhe saman chhan,tara tapaile lekhya jhai tapaiko bichar ma 95% wrong 65% manchheko nani haru kulat ani bikriti ma fasne samvawana chha vane yinai European countries le kina world lai lead garirahechhan?maile tapaiko article lai naramro vanna khojya hoina,maile sirf yati vanna khojya chhu ki tapaiko article read garepachhi tapaiko readers lai satya kura thaha hos,kunai knowledge hos,kunai housala milos,Roji g yeuta writer ko dharma yahi nai Hola jasto lagchha malai ta.tyaso ta ma kunai pani writer hoina tara ma jaba kunai article padchhu tyahi udesya liyera padchhu.thank you.

  3. मैले लेखेको यो लेख 1261 jana ले आज सम्म face book ma matra share गर्नु भएको रहेछ खुसी लाग्यो thank you so much nepalinepali .com parewar !!!……..म हृदय देखी क्षमा चहान्छु 65% हुनु पर्ने मा 95% भएछ ! हजुरहरु को सल्लाह सुझाव को लागी हृदय देखी को धन्यबाद !!यसमा केही कमी कमज़ोरीहरु समेटीएको भए प्रति क्षमा चहान्छु !! सदैब हजुर हरु बाट यस्तै सल्लाह सुझाव हरु मिली रहोस् धन्यबाद !!

Comments are closed.