जनसम्पर्क समिति स्पेनमा कामको बाँडफाँड, प्रजातन्त्र दिवस र नेपाली नयाँ बर्षमा कार्यक्रम गर्ने


– बसन्त रानाभाट
बार्सिलोना/
नेपाली जनसम्पर्क समिति स्पेनले संगठनलाई अझ मजबुत बनाउनको लागि जिम्मेबारी बाँडफाँड गरेको छ। कार्य बिभाजन गर्दा कामलाई अझ प्रभावकारी रुपमा गर्न सकिने भन्दै बैठकबाट उपसमितिहरु गठन गर्दै जिम्मेबारी बाँडफाँड गरेको हो।

समितिको सोमबार बार्सिलोनामा बसेको नियमित बैठकले संगठन विस्तार र कार्य सम्पादनका लागि अध्यक्ष शालिकराम डुम्रे,बिधान मस्यौदामा उपाध्यक्ष बिष्णु रिजाल,अनुशासन तथा मुल्याङ्कनको लागि उमेश अधिकारी,सास्कृतिक समितिमा प्रकाश भट्टराई,आर्थिकमा राम सापकोटा र खेलकुदका लागि राजु थापालाई संयोजकको जिम्मेबारी दिएको छ ।

समितिले नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा शुभकामाना आदनप्रदान तथा सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ। नयाँ बर्षकै उपलक्ष्यमा स्मारिका प्रकाशन गर्नको लागि उपाध्यक्ष रिजाललाई संयोजक तोकेको छ। प्रकाशन समितिमा बिराज शर्मा ,सन्तोष श्रेष्ठ,सुनिता सुबेदी “कोईराला” र हिरालाल सापकोटा “डायमण्ड” सदस्यहरु रहेका छन्।

समितिले दुवै मृगौला फेल भई पोखरामा उपाचारर्थ कास्कीका बलबहादुर गुरुङ सहयोगार्थ सस्थागत रुपमा ६५ युरो सहयोग गरेको छ। नेपालीनेपाली डटकमले गुरुङको मृगौला प्रत्यारोपण सहयोगार्थ शुरु गरेको अभियानमा समितिले पनि सस्थागत सहयोग गर्दै साथ दिएको छ। गुरुङको लागि स्पेनमा करिब २ लाख रुपैया संकलन भईसकेको छ।

यसै बीच समितिले फागुन ७ गते कार्यक्रमको आयोजना गर्दै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। अध्यक्ष डुम्रेको अध्यक्षतामा सम्पन्न बैठकले हालै पहिलो अधिबेशनबाट स्याङ्जा सहयोग समाज स्पेनको पहिलो अधिबेशनबाट सर्बसम्मत नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ।