६३ बर्ष पछि नेपाल बन्यो, युनेस्कोमा एसिया,प्रशान्त क्षेत्रको अध्यक्ष


बसन्त रानाभाट
बार्सिलोना/
संयुक्त राष्ट्र संघिय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन( युनेस्को) अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षमा नेपाल सर्बसम्मत निर्बाचित भएको छ। सन् १९५३ मा युनेस्कोको सदस्य राष्ट्र भएको, ६३ बर्ष पछि नेपाल पहिलो पटक एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षमा निर्बाचित भएको हो। यो सँगै, फ्रान्सका लागि नेपाली राजदुत तथा युनेस्को लागि स्थायी प्रतिनिधि अम्बिका देबी लुईटेलले सन् २०१६ का लागि एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षता ग्रहण गरेकी छन्।

अध्यक्षता ग्रहण समारोहमा बोल्दै राजदुत लुईटेलले नेपाललाई अध्यक्षमा सर्बसम्मत निर्बाचित गरेकोमा सबै सदस्य राष्ट्रहरुलाई धन्यबाद ब्यक्त गरिन्। नेपाल प्रति अन्तराष्ट्रिय समुदायले सम्मान तथा बिश्वास गरेको भन्दै उनले आफ्नो जिम्मेबारीलाई गम्भीरतापुर्बक निर्बाह गर्ने बताईन्। समारोहमा राजदुत लुईटेलले नेपालले क्षेत्रीय समुहहरु बीच तथा सदस्य राष्ट्र र युनेस्को सचिवालय बीचको आपासी सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्दता दोहोर्याएको समारोहमा सहभागी भएका दुताबास उपनियोग प्रमुख रामबाबु ढकालले जानकारी दिए।

सन् २०१५ का अध्यक्षको भूमिका निर्बाह गरेको चिनले एसिया तथा प्रशान्त क्षेत्रका ४४ सदस्य राष्ट्रहरुको सहमतिमा नेपाललाई अध्यक्षता हस्तान्तरण गरेको थियो । १ सय ९५ सदस्य राष्ट्र रहेको युनेस्को अन्तर्गत एसिया प्रशान्त क्षेत्र गरी अफ्रिका,दक्षिण अमेरिका ,पश्चिमी युरोप र पुर्बी युरोप गरी पाँच वटा क्षेत्रीय समुहहरु रहेका छन्।

नेपाललाई अबसर कसरी जुट्यो ?

तत्कालिन राणा प्रधानमन्त्री मोहन शम्मशेरको पालामा संयुक्त राष्ट्र संघको सदस्यका लागि आबेदन दिएको नेपालले अन्तराष्ट्रिय राजनीतिक कारणले त्यतिबेला सदस्यता पाउँन सकेन। तर संयुक्त राष्ट्र संघको सदस्य बन्न बिचारधीन रहेको अबस्थामा नेपालले सन् १९५३ मा भने युनेस्को सदस्य राष्ट्र बन्ने अबसर पाएको थियो। त्यसको ठिक २ बर्ष पछि मात्र सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेकाले, अन्तराष्ट्रिय समुदाय माँझ युनेस्कोको मञ्च नेपालका लागि निकै महत्वपूर्ण मानिन्छ।

युनेस्कोको प्रधान अङ्गको रुपमा महासम्मेलन,कार्यकारिणी बोर्ड र महानिर्देशक रहेको मध्ये नेपाल कार्यकारीणी बोर्डको सदस्यको रुपमा पहिले पनि निर्बाचित भएको थियो। सन् २०१३ को महासम्मेलनले नेपाललाई कार्यकारिणी बोर्डको सदस्यको रुपमा निर्बाचित गरे पछि, सन् २०१७ सम्मको लागि नेपाल सो बोर्डको सदस्य रहदै आएको छ। तर एसिया तथा प्रशान्त क्षेत्र समुहको नेतृत्व गर्ने मौका नेपालले यस अघि कहिल्यै पाएको थिएन।

12507394_1060193237360162_8773043102004229538_nक्षेत्रीय समुहको प्रचलित ब्यबस्था अनुसार अध्यक्ष पदमा निर्बाचित हुनको लागि सो समुहको सदस्य राष्ट्रले एक बर्ष उपाध्यक्ष पदमा र सो अघि सचिव तथा कोषाध्यक्षको जिम्मेबारी बहन गर्नु पर्ने हुन्छ। तदनुरूप सन् २०१४ मा सचिव तथा कोषाध्यक्ष र सन् २०१५ मा उपाध्यक्ष पदको जिम्मेबारी निर्बाह गरिसके पछि सन् २०१६ मा अध्यक्षमा सहमति जुटाउँन नेपाललाई बाटो खुलेको हो।

राजदुताबासका उपनियोग प्रमुख रामबाबु ढकालका अनुसार सन् २०१६ मा नेपाललाई अध्यक्ष पदमा निर्बाचित गराउन २ बर्ष पहिले देखि नै कुटनीतिक रुपमा तयारी चलेको थियो। उनले भने.” धेरै देशका राजदुतहरु र कुटनीतिक प्रतिनिधीहरुले, नेपालको प्रशंसा गरे,क्षेत्रीय समुह बिउरो सदस्यको रुपमा नेपालले खेलेको भूमिका कारणले अध्यक्षमा सहमित जुटाउँन सजिलो भएको हो।”

अध्यक्ष बने पछि नेपाललाई के फाईदा होला ?

संयुक्त राष्ट्र संघिय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन( युनेस्को) ले नेपाललाई आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ। युनेस्कोबाट नेपालमा शिक्षा क्षेत्रको बिकास तथा नेपालमा रहेका बिश्व साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने कार्यमा सहयोग जुटाउँन यसलाई महत्वपूर्ण अबसरको रुपमा हेरिएको छ। सन् २०१६ मा नेपालले एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्ष ग्रहण गरिरहेको बेला नेपाल र नेपालीको हितको लागि योजना बद्द तरिकाले युनेस्कोको कार्य क्षेत्रहरुका बिषयमा सहयोग बढाउने अबसरलाई सदुपयोग गर्नु पर्ने देखिएको छ।
प्रत्येक महिना राजदुतस्तरमा बैठक तथा सो क्षेत्रका सदस्यराष्ट्रहरु बीच छलफल भईरहने हुँदा अध्यक्ष भएको बेला नेपालले भूकम्प पछि नेपालको शैक्षिक क्षेत्रमा परेको प्रभावका बारेमा जानकारी गराउँने अबसर पाएको छ। सदस्य राष्ट्रहरु बीच सहमति जुटाउँदै नेपालको युनेस्को मार्फत नेपालको शैक्षिक बिकासका लागि नयाँ ईटा थप्ने अबसरको रुपमा पनि हेरिएको छ।

अन्तराष्ट्रिय नेतृत्व गर्ने अबसर

बिकासको दृष्टिकोणबाट नेपाल धेरै पछाडी पर्नुलाई राजनीतिक अ-सक्षमतासँग जोडेर धेरैले आलोचना गरिरहेका बेला अन्तराष्ट्रिय स्तरमा नेतृत्व गर्ने अबसर नेपाललाई  मिलेको छ। आफ्नो कुटनीतिक दक्षता,सामार्थ्य,र क्षमता अन्तराष्ट्रिय समुदाय माँझ देखाउँने अबसर नेपालले पाएको हो।

देशमा संबिधान जारी भएर राष्ट्रपति,सभामुख जस्तो गरिमामय पद महिलाले नै सम्हालिरहेका बेला,६३ बर्ष पछि युनेस्कोमा नेपालले पाएको सफलतालाई सम्माल्ने मौका पनि एक महिलाले नै पाएकी छिन्।

फ्रान्सका लागि नेपाली राजदुत तथा युनेस्को लागि स्थायी प्रतिनिधि अम्बिका देबी लुईटेलले सन् २०१६ को अबधि भर एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षता ग्रहण गर्ने भएकी हुन्। अन्तराष्ट्रिय स्तरमा नेपालले पाएको यो उपलब्धिलाई ठुलो अबसर र त्यति नै चुनौतीको रुपमा पनि हेरिएको छ।

आईएचपीको अन्तरसरकारी परिषद सदस्य

यसैबीच अन्तराष्ट्रिय हाईड्रोलोजिकल कार्यक्रम (आईएचपी) को अन्तर सरकारी परिषद सदस्यमा पनि नेपाल निर्बाचित भएको छ। सन् २०१५ देखि २०१९ सम्म ४ बर्षको अवधिका लागि युनेस्कोको ३८ औ महासम्मेलनबाट निर्बाचित भएको हो।

गत नोभेम्बरमा सम्पन्न भएको महासम्मेलनबाट नेपाललाई यो अबसर प्राप्त भएको पेरिस स्थित नेपाली दुताबास स्रोतले जनाएको छ। जलस्रोतमा बिश्वको दोस्रो ठुलो धनी देश मानिने नेपाललाई अन्तराष्ट्रिय हाईड्रोलोजिकल कार्यक्रम अन्तर्गत परिषद सदस्य बन्नुलाई धेरैले अबसरको रुपमा हेरेका छन्।

यो पनि पढ्नुहोस् :- युनेस्कोको प्रधान कार्यालयमा बुद्धको मुर्ति अनाबरण