युनेस्को प्रधान कार्यलयमा, बुद्धको मूर्ति अनावरण


– वसन्त रानाभाट
स्पेन/
फ्रान्सको पेरिस स्थित युनेस्कोको प्रधान कार्यलयमा रहेको गौतम बुद्धको मूर्ति एक बिशेष समारोह बीच अनाबरण गरिएको छ।

नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शैक्षिक,बैज्ञानिक तथा साँस्कृतिक संगठन ( युनेस्को) लाई उपहार स्वरूप प्रदान गरिएको मूर्तिको अनाबरण गरिएको हो।

पेरिस स्थित नेपाली दुताबासका राजदूत अम्बिका देवी लुइँटेल र युनेस्कोका महानिर्देशक ईरिना बोकोभाले संयुक्त रुपमा मूर्तिको अनावरण गरेको दुताबास द्धारा जारी बिज्ञप्तिमा जनाईएको छ।

समारोहलाई सम्बोधन गर्दै राजदूत लुइँटेलले भूकम्पबाट क्षति भएका ऎतिहासिक र पुरातात्विक स्मारक र भवनहरुको पुनर्निमार्णमा आर्थिक सहयोग उपलब्ध गराउँन युनेस्को लगायत दाता राष्ट्रहरुलाई अनुरोध गरिन्।

उनले बुद्धको जन्म थलो लुम्बिनीको बिकासको लागि नेपाल सरकार प्रयासरत रहेकोले अन्तराष्ट्रिय सहयोग गर्न अपिल गरेकी थिईन्।

युनेस्कोका महानिर्देशक बोकोभाले बुद्धको मूर्ति ७० औं बार्षिकउत्सबको अबसरमा उपहार प्रदान गरिएकोमा नेपाल सरकार लाई धन्यबाद ब्यक्त गरिन्। उनले नेपालको पुननिर्माणमा युनेस्कोले दृढताका साथ सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरिन्।

कार्यक्रममा नेपाली राजदूताबासका उप नियोग प्रमुख रामबाबू ढकालेले बुद्धको जन्मस्थल,बौद्द दर्शन लगायतको बारेमा बिबरण प्रस्तुत गरेका थिए।

11261860_1420953141564897_6424794940086577401_nगत साता सम्पन्न बिशेष समारोहमा युनेस्कोका लागि बिभिन्न देशका राजदूत,स्थायी प्रतिनिधिहरु,कुटनीतिज्ञहरु,बरिष्ठ अधिकृतहरु,कर्मचारीहरु ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

हिमालय आर्ट नेटवर्कका मूर्तिकार सुरेन्द्र शाक्यले उक्त मूर्तिको निर्माण गरेको दुताबासले जनाएको छ।