भारतीय नाकाबन्दी विरुद्ध कोपनहेगनमा नेपालीहरुले गरे प्रदर्शन ।


प्रकाश ढकाल /कोपनहेगन । डेनमार्कमा बस्ने नेपालीहरुले राजधानी कोपनहेगनमा भारतीय नाकाबन्दी विरुद्ध प्रदर्शन गरेका छन् । कोपनहेगन स्थित भारतीय दुतावास अगाडी स्टप ब्लकएड, ब्याक अफ इण्डिया, वी वान्ट पिस इन नेपाल, रेस्पेक्ट आवर सोभर्निटी लगायतका नारा लगाउँदा धेरै देशको दुतावास भएको हेलेरूप क्षेत्र गुञ्जायमान बनेको थियो ।

कोपनहेगन प्रहरी र नगरपालिका लगायतको अनुमती लिएर गरिएको प्रदर्शनमा करीब दुइ सय नेपालीहरुको सहभागीता रहेको थियो । भारतीय दुतावास भएको क्षेत्र धेरै देशहरुको दुतावास भएको क्षेत्र हो । प्रदर्शन भैरहंदा त्यहाँ सडकमा गुडेका विभिन्न देशका दुतावासका गाडीमा सवार कुटनैतिक व्यक्तीहरुले गाडी रोकी प्रदर्शन तर्फ नजर लगाएका थिए भने कतिपय ले हात हल्लाउदै राम्रो काम भनेर संकेत गरेका थिए ।

12239478_10208069392200545_3122855485954597624_n
प्रदर्शन हुनुभन्दा अगाडी डेनमार्कमा रहेका विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधीहरुले यसरी दवास दिनु अहिलेको आवश्यकता भएको बताएका थिए । सोहि अवसरमा नेपाल बाट आएका  नेपाल युवा संघका सभापती राजीव पहारीले सबैलाई धन्यवाद दिएका थिए । यसैगरी एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य, प्रवासी मंच डेनमार्कका उपाध्यक्ष बिष्णु पौडेल, जनाप्रगतीशील मंच डेनमार्कका अध्यक्ष गणेश ढकाल, आइ सी सी सदस्यहरु प्रवीन प्रजापती, सोम नाथ सापकोटा, एन आर एन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा, पत्रकारहरुको तर्फबाट प्रकाश ढकालले सहभागी सबैलाई मनोवल दिने किसिमले धन्यवाद ज्ञापन गरेका थिए ।

12247079_1026232854078905_6276346852166394136_n
भारतीय दुतावासले ज्ञापन पत्र बुझ्ने समय दिउँसो दुइ बजे दिएको थियो । सोहि अनुसार समयमै प्ले कार्ड बनाउन प्रभात खनाल, बिष्णु पौडेल, कन्चन देवकोटा, शिव चापागाईंको टोलीले सहयोग गरेको गर्दै थियो भने यता एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, एन आर एन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा, आइ सी सी सदस्यद्वय प्रवीन प्रजापती र सोम नाथ सापकोटाले अब कसरी प्रश्तुत हुने भन्दै सहभागीहरुको राय लिंदै थिए ।

तयारी लगत्तै प्रदर्शनको जुलुश अगाडी बढ्यो भारतीय दुतावास अगाडी पुगी नाराबाजी गर्यो । जुलुश पुग्ने बित्तिकै भारतीय दुतावासका कर्मचारीले झ्याल खोली प्रदर्शनको भिडोयो खिच्न शुरु गरेका थिए र त्यहाँ अन्य कर्मचारीहरु पनि चियाई रहेको स्पस्ट देखिएको थियो ।

12279079_1026232780745579_1254103911483962291_n
भारतीय दुतावासले दिएको समय दुइ बज्ने बित्तिकै ज्ञापन पत्र सहित बुझ्न आउन अनुरोध गर्न सोम सापकोटा र दिपेन्द्र चुडाल भित्र गए पश्चात  दुइ जना गए दुतावासका कर्मचारीले  हामी आउने छौं भनेपछि मुलढोकामा तयारी अवस्थामा ज्ञापन बुझाउने टोली रहेको थियो । त्यसैमा अकस्मात एकजना कर्मचारी आएर मुलढोका भित्रबाट ढ्यांग आवाज आउने बन्द बन्द गरेर गए ।

त्यहाँ उनीहरुले वास्तवीक धोती व्यबहार देखाएको धेरै सहभागीहरुले टिप्पणी गरे र अलि आक्रोशीत समेत बने । शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आएकाहरुलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझ्ने सामान्य कुटनैतिक चरित्र समेत देखिएको थिएन त्यहाँ । भारतीय हेपाका प्रवृत्ती यहाँ कोपनहेगनमा पनि देखिएको थियो ।

एकछिन केहि अन्योल देखिएपछि एन आर एन डेनमार्कका पुर्व आइ सी सी सदस्य महेश कंशाकारले दुतावासमा फोन गरे र दुतावास ज्ञापन पत्र बुझ्न उच्छुक नभएको भन्ने जनाउ कंसाकारलाइ दिएपछि एकछिन चर्को नाराबाजी पनि भयो जहाँ एन आर एन अध्यक्ष दिपेन्द्र चुडाल आँफै नाराबाजी गरेका थिए जसले प्रदर्शनमा सहभागी सबैलाई हौसला थप मिलेको थियो । इन्सासका सदस्य हरि प्रसाद न्यौपानेले पनि देशभक्ती गीत गाएर सहभागीसबैलाई प्रोत्साहन गरेका थिए । प्रदर्शनमा महिला सहभागी प्रमिला खनाल र अन्जु पराजुलीले पनि नाराबाजीमा सघाएका थिए । यसै गरी प्रदर्शनको तस्वीर खिच्ने क्रममा गणेश खड्का र नारायण नगरकोटीले सघाएका थिए ।

पछि ज्ञापन पत्रलाई दुतावास अगाडी मुलढोकाको छेउमा रहेको पोस्ट बक्समा खसालिएको थियो र पुन: हुलाक बाट पनि पठाइने जानकारी सबै सहभागीहरुलाई गराइएको थियो । संसारभरका नेपालीहरुले  भारतीय दुतावासमा नेपालीहरुले ज्ञापन पत्र बुझाउँदा लिने भारतीय दुतावास भने डेनमार्कमा नलिएको कारण धेरै अन्तराष्ट्रिय दवावले भारत अत्तालिएको स्पष्ट हुन्छ ।

Screen Shot 2015-11-21 at 11.17.14यो पनि पढ्नुहोस् :-बिरोध प्रदर्शन भईरहँदा,भारतीय दुताबासका कर्मचारीले झ्यालबाट चियाएर हेरे ( भिडियो )

भारतीय नाकाबन्दीविरुद्ध डेनमार्कमा विरोध प्रदर्शन (फोटोफिचर)