बिरोध प्रदर्शन भईरहँदा,भारतीय दुताबासका कर्मचारीले झ्यालबाट चियाएर हेरे ( भिडियो )


कोपेनहेगन / भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध डेनमार्कमा  विरोध प्रदर्शन भईरहँदा भारतीय दुताबासका कर्मचारीले झ्यालबाट चिहाएर हेरेका छन्। गैरआवासीय नेपालीहरुले शुक्रबार दिउँसो डेनमार्क स्थित भारतीय दूताबास अगाडि प्रदर्शन गर्दा चिहाएर हेरेका हुन्।

नेपालको राष्ट्रिय झण्डा सहित विरोध प्रदर्शनमा सहभागीहरुश्रले स्टप ब्लकएड, ब्याक अफ इण्डिया लगायतका प्ले कार्ड समेत बोक्दै नारा लगाएका थिए। गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको अगुवाईमा भएको बिरोध प्रदर्शनमा डेनमार्क स्थित बिभिन्न संघ सस्थाहरुका लगायत सर्बसाधरण नेपालीहरुको सहभागिता रहेको छ।

बिश्वभर रहेका नेपालीहरुले भारतीय दुताबासमा पुगी बिरोध गर्दै ज्ञापनपत्र बुझाउँदै गर्दा भारतलाई ठुलो दबाब पर्दै गएको छ। बिहिबार र शुक्रबार मात्र गरि अष्ट्रेलिया,बेलायत,हङ्कङ्,नर्बे,डेनमार्क,जर्मनी,रुसमा बस्ने नेपालीहरुले दुताबासमा पुगी बिरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन्।