एसिड आक्रमणमा घाइते संगीता र सीमाले अस्पतालबाटै एसएलसी दिए


काठमाडौं/ एसिड आक्रमणबाट घाइते संगीता मगर र सीमा बस्नेतले पहिलो दिनको एसएलसी परीक्षा अस्पतालबाटै दिएका छन् ।

सीमाले आफैं उत्तरपस्तिकामा  लेखिन भने संगीताका लागि सहयोगीको ब्यवस्था गरिएको थियो ।

घाइते भएर उपचार गराईरहेकी सीमा बस्नेतले वीर अस्पतालबाट एसएलसी परीक्षामा सहभागी भएकी हुन् भने अर्की घाइते संगीता मगर काठमाडौं मेडिकल कलेज सिनामंगलबाटै सहयोगीका साथमा एसएलसी परीक्षा लेखिन् ।

गम्‍भीर घाइते भएकी संगीतालाई उनकै स्कूल शान्ति निकुञ्‍जको कक्षा ९ मा अध्‍‍यनरत सोनाम तामाङले एसएलसी परीक्षामा सहयोगीको रुपमा सघाएका छन् भने वीर अस्पतालमा घाइते भएकी सीमा बस्नेतले भने आफै एसएसली परीक्षामा सहभागी भएकी छन्।15031917Sima-Basnet                              ट्यूसन पढ्न गएका यी दुई किशोरीमाथि गत फागुन१० गते बिहान काठमाडौंको वसन्पतपुर स्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला एक युवाले एसिड आक्रमण गरेको थियो ।

यसअघि सिमा वस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई चार पृष्ठ लामो पत्र लेखेर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी थिइन।

रामेछाप खनियापानी गाविस-८ घर भएकी १६ वर्षीय संगीता मगर गम्भीर घाइते र रौतहटकी १५ वर्षीय सीमा बस्नेत घाइते भएर अहिले पनि अस्पतालमै उपचार गराइरहेका छन्।