एनआरएनए स्पेन, युवा फोरमको बैठक सम्बन्धी सुचना


गत अप्रिल ७, २०१४ मा  गैरआवासीय नेपाली संघ स्पेन स्थित युवा फोरम गठन भए पश्चात  बार्सिलोनामा सम्पन्न गैरआवासीय नेपाली संघ युरोपको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा हामी सबैको प्रयासमा युथ सेसनको शुरुवात गरिएको सबैलाई अबगतै नै छ ।

अझ आगामी दिनहरुमा युवा विभागका गतिबिधिहरुलाई प्रभावकारी बनाउन, प्रबासी नेपालीहरुका समस्याको बारेमा छलफल गर्न साथै आउदो जुनमा हुने गैरआबासीय नेपाली संघको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलनमा युवाहरुको भूमिकाको बारेमा छलफल गर्न एबम अक्टोबर महिनाको दोश्रो हप्ता काठमाडौँमा हुन गई रहेको सातौ विश्व सम्मेलनमा स्पेनका युवाहरुको प्रतिनिधित्व र स्थानीय समस्याको पहिचान गराउनका निम्ति सहकार्य र छलफल अत्यत जरुरी भएको महशुस गरेका छौ।

तसर्थ निम्न मिति ,स्थान र समयमा गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका युवा फोरम सँग आबद्द सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछौ।

मिति– २४, मार्च २०१५
स्थान – हिमाली रेस्टुरेन्ट एण्ड बार
समय – अपरान्ह ४.३० बजे
      लक्ष्मण शर्मा
युबा फोरम संयोजक-
एनआरएनए स्पेन