जाजरकोटमा एक महिलाले एसएलसी दिदा दिदै बच्चा जन्माइन


जाजरकोट/जाजरकोटको एक एसएलसी परीक्षा केन्द्रमा बच्चा जन्मिएको छ। दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मिएको छ।

जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन्। परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा लागे पनि तुरुन्त नजिक अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याइएको १० मिनेटभित्र बच्चाको जन्म भएको प्रहरीले बताएको छ। सिंहले छोराको जन्म दिएकी छिन्। रासस