पोखरालाई सफा सुन्दर बनाउ ,सचेतनामूलक कार्यक्रम सम्पन्न


पोखरा/पोखरा उपमहानगर पालिकाले नगरलाई सफा सुन्दर बनाउनका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत मंगलबार सभागृहमा फोहोरमैला ब्यवस्थापनका लागि सचेतनामुलक प्रबचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पोखरामा रहेका सम्पूर्ण टोल विकास संस्था, नागरिक समाज, युवा क्लव, आमा समूह र सरोकारवालाहरुलाई विज्ञहरुले सरसफाइका बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा पोखरालाई सुन्दर र फोहोरमुक्त बनाउनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम फोहोरमैला ब्यवस्थापन सम्बन्धी प्रबचन र हाँस्य प्रहसन गरेका थिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई सुन्दर बनाउन स्वयम् पोखरेली समुदाय नै सक्रिय हुनुपर्ने बताउए । नगरमा जसले फोहोर गर्छ उसैले सरसफाईको जिम्मा लिनुपर्ने थपलियाले बताए ।

कार्यक्रमका सहभागीहरुले अव्यवस्थित रुपमा खुलेका वर्कशपहरु ब्यवस्थापन गर्नुपर्ने, घर बनाउँदा सेफ्टी टंकी र शौफिट पनि बनाउनुपर्ने, मेला महोत्सवबाट निस्केको फोहोर आयोजकले नै ब्यवस्थापन गर्नुपर्ने, फोहोर फाल्ने ठेकेदार कम्पनीले पनि संबेदनशिल भएर फोहोर उठाउनुपर्ने, घर टोललाई वातावरणमैत्री बनाउनुपर्ने लगाएतका सुझाव दिएका छन् ।10996470_1548165558779981_3358186591415857730_o

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिब लिलामणी पौडेलले नगरलाई सफा राख्नको लागि नगरबासी आफै जिम्मेवार हुनुपर्ने बताए । नगरक्षेत्रका प्रत्येक ब्यक्ति आफै जिम्मेवार भए फोहोर ब्यबस्थापनमा समस्या नहुने भन्दै वहाँले फोहोरलाई कुहिने र नकुहिने फोहरका रुपमा बिभाजन गरी कुहिने फोहोरलाई घरभित्रै ब्यबस्थापन गर्न सकिने र नकुहिने फोहोरलाई सम्बन्धित स्थानमा बिसर्जन गर्नुपर्ने धारणा दिएका थिए । ।पौडेलले सार्बजनिक स्थानको साथै आफ्नो घर बाहिर फोहोर थुपार्नेलाई कारबाही गर्नुपर्ने खाचो औल्याए ।

यस्तै फोहोरमैला दुत सीताराम कट्टेल धुर्मुसले फोहोर मैला ब्यवस्थापन सम्बन्धी प्रहसन प्रस्तुत गरेका थिए भने फोहोर ब्यवस्थापन बिज्ञ डा. राजु अधिकारीले प्रबचन दिएका थिए । नगरक्षेत्रका सेवाग्राही नागरिकहरुले भने नगरपालिकाले शुल्क लिएअनुसार सेवा नदिएको गुनासो गरेका छन् ।

शुल्क लिने बेलामा विभिन्न ठाउँमा अड्को थाप्ने तर सेवा भने नदिने उनीहरुको गुनसो छ । पोखरा उपमहानगरपालिको गत बर्षको साउन १ गतेदेखि लागू हुने गरी फोहोर उठाउने तालिका सार्वजनिक गरेको थियो । तर सोही तालिका अनुसार फोहोर उठाउने गाडी आफ्नो टोलमा नआउने नगरबासीहरुले गुनासो गरेका छन् ।

पोखराको फोहोरमैला ब्यवस्थापन गर्ने जिम्मा पोखरा फोहोरमैला ब्यवस्थापन प्राली र वातावरणिय सुन्दर नेपाल प्रालीलाई दिईएको छ । मासिक रुपमा उनीहरुले गरेको कामलाई आधार मानेर नगरपालिकाले सेवा शुल्कबाट उठेको रकम मध्ये कम्तिमा ६० प्रतिशत देखि बढीमा ८० प्रतिशत सम्म बजेट नीजि कम्पनीलाई दिँदै आएको छ ।

तिनीहरु मध्ये सुन्दर नेपालले नगरपालिकाको ३, ४, ८ र ९ तथा पोखरा फोहोरमैलाले ६, ७ र १७ नम्बरको फोहोर उठाउने काम गर्छ भने बाँकी रहेका वडाहरुमा नगरपालिका आँफैले फोहोर उठाउने नगरपालिकाले जनाएको छ ।