आन्दोलन र वार्ता सगँ सगै जादैन काग्रेस नेता –देउवा


सागर राज तिमिल्सिना

पोखरा/नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले आन्दोलन र वार्ता सगँ सगै अगाडी नबढ्ने बताएका छन् । देउवाले आन्दोलनका सम्पुर्ण कार्यक्रम छोडेर वार्तामा आउन एकीकृत नेकपा माओवादी लगायत ३० दलीय मोर्चासंग आग्रह गरे । प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले विपक्षी मोर्चा वार्तामा नआए प्रकृयावाटै संविधान जारी गरिने चेतावनी दिए ।

पुर्व प्रधामन्त्री समेत रहेका वार्तावाट समाधान गर्न सवै लचिलो हुनु पर्दछ हामीहरु धेरै लचिलो भैसकेको धारणा राख्दै उहांले आपूmले भनेका कुरा माने सहमति हुने नत्र सहमति नहुने अहम छोड्न माओवादीसंग अनुरोध थियो । सविधानका अन्तरवस्तुमा सहमति जुटाउन सत्ता पक्षले धेरै समय पर्खेको वताउदै वरिष्ठ नेता देउवाले अव भने धेरै पर्खन नसकिने बताए ।

नेता देउवाले नेपाली काग्रेसको महाधिबेशनमा अन्य साथीहरु सगँ मिलेर उमेद्वारी घोषणा गर्ने बताए । युनियन कास्कीका सभापति शिरोमणि वरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।