दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा


काठमाडौँ/

श्रीलंकालाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकप क्रिकेट २०१५ को सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वकप क्रिकेटमा २२ वर्षपछाडि दक्षिण अफ्रिकाले नकआउट चरणमा पहिलो जित हात पारेको हो।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई १ सय ३३ रनमा रोकेको दक्षिण अफ्रिकाले विजय लक्ष्य १८ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टल डे कोकले अविजत ७८ रन बनाए।

सिड्नी क्रिकेट ग्राउण्डमा श्रीलंकाले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि क्विन्टन डिककले अविजित ७८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो । निकै खराव प्रदर्शन गरेको श्रीलंकाले ४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । कुमार सांगाकारा र लाहिरु थिरिमाने तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

तर, थिरिमाने ४१ रनमा आउट भए । त्यसपछि श्रीलंकाको विकेट झर्ने क्रम रोकिएन । सांगाकाराले टिकेर खेल्ने प्रयास गरेपनि उनलाई कुनै पनि ब्याट्सम्यानले साथ दिन सकेनन् । नवौं विकेटका रुपमा आउट भएका सांगाकाराले ४५ रनको योगदान दिए ।