अफ्रिकी र खाडी मुलुकमा युवती बेचविखन गर्ने सात जना पक्राउ


काठमाडौं/अफ्रिकी र खाडी मुलुकका देशहरुमा डान्सर भन्दै नेपाली युवतीलगी बेचविखन गर्ने सन्जालका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

तान्जेनिया, केन्या, बहराइन र मलेशिया लगायतका देशमा आफैले समेत रेष्टुरेन्ट खोली नेपाली युवतीलाई डान्सरको रुपमा मासिक १ लाख पाउने प्रलोभनमा पारी भिजिट भिसामालगि कोठमा बन्दक बनाइ यौन ब्यापारमा लगाउने गरेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौं र ललितपुरबाट सात जना नेपाली र भारतीय नागरिकलाई पक्राउ गरेको नागरिकले जनाएको छ।

प्रहरीले सविन श्रेष्ठ, सुनिल अधिकारी, केदार खड्का, नविन दाहाल र भारतीय नागरिक तरुण खेजवाल लगायत पक्राउ गरेको हो।

व्युरोका प्रमुख हेमन्त मल्लका अनुसार उनिहरुले नेपाली युवतीलाई प्रलोभनमा पारी भिजिट भिसाबाट नेपाल र भारतको विभिन्न सहरबाट अफ्रिकी, खाडी र एसियाली देशहरुमा लगी जवर्जस्ति डान्सबारमा काम लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। उनिहरुलाई प्रहरीले मानव बेचविखनको आरोपमा अनुसन्धानको लागि हिरासतमा लागेको छ।