चेल्सी बाहिरियो,डिफेन्डरको २ गोलले पेरिस च्याम्पियन्स लिग क्वाटरफाइनलमा,


काठमाडौं /चेल्सीलाई अवे गोलका आधारमा पन्छाउँदै पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको दोस्रो लेगमा चेल्सी र पीएसजीले २–२ को बराबरी खेलेका छन् । पहिलो लेग पनि १–१ बराबरीमा सकिएको थियो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलको ३१ औं मिनेटमा ओस्कारलाई फल गरेपछि पीएसजीका मुख्य स्ट्राइकर जाल्टन इभ्राहिमोभिचले रातो कार्ड पाए । तर, घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन ।

पहिलो हाफ गोलसहित बराबरीमा सकियो । चेल्सीले ८१ औं मिनेटमा ग्यारी काहिलको गोलबाट अग्रता लिएको थियो । तर, चार ५ मिनेटपछि नै डेभिड लुइजले आफ्नो पूर्वक्लबविरुद्ध गोल गरे ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि ३० मिनेट थपियो । अतिरिक्त समयको छैटौं मिनेटमा नै चेल्सीले पनाल्टी पायो, जसमा हजार्डले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, खेल सकिन ६ मिनेट बाँकी छँदा थिएगो सिल्भाले गोल गरेपछि चेल्सी अवे गोलका आधारमा च्याम्पियन लिगको अन्तिम १६ बाटै बाहिरियो ।