कपिलवस्तुका ५ सय २२ जना विद्यार्थी हाजिर नगुगेको भन्दै एसएलसीबाट बञ्चित


कपिलबस्तु/पाँच सय शुल्क नतिर्दा र ७५ प्रतिशत हाजिर नगुगेकोले कपिलवस्तुका ५ सय २२ जना विद्यार्थी यस बर्षको एसएलसी परीक्षा दिनबाट बन्चित हुने भएका छन्।

शिक्षा नियमावली अनुसारको मापदण्ड नपुगेकोले उनीहरुलाई परीक्षामा सहभागी गराउन नसकिएको कपिवस्तुका सहायक जिल्ला शिक्षा अधिकारी थानेश्वर अधिकारीले जानकारी दिए। विद्यालयहरुले नै अयोग्य घोषित गर्दै विवरण पठाएका पठाएका कारण उनीहरु परिक्षा दिनबाट बञ्चित बन्न पुगेका हुन।

यसो हुनुमा विद्यार्थी र अभिभावकको कमजोरी रहेको विद्यालयले जनाएका छन्। शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिर नपुगेकाले परीक्षा दिन नपाउने उल्लेख छ। गत बर्ष ४ सय ५३ जना यही प्रावधान अनुसार एसएलसी परीक्षाबाट बन्चित भएका थिए।

चैत ५ गतेदेखि सुरु हुने यस बर्षको एसएलसी परीक्षामा कपिलवस्तुबाट ६ हजार ९ सय ५५ जना सहभागी हुँदैछन्। ६६ सामुदायिक, ३४ संस्थागत र एक खुला बिद्यालयबाट नियमित तर्फ ५ हजार २१२ र एक्जाम्टेड तर्फ १ हजार ७४३ जनाले परीक्षाको लागि आवेदन दिएका छन्। यो संख्या गत बर्षको भन्दा ६ सय १ जना कम हो। एसएलसीका लागि कपिलबस्तुमा २६ परीक्षा केन्द्र कायम गरिएको छ।