क्रिष्टियानो रोनाल्डो बने च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता


काठमाडौं /रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् ।
मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गर्दै रोनाल्डोले लिओनल मेस्सीको कीर्तिमान तोडेका हुन् ।
खेलमा शाल्के ४-३ ले विजयी भयो । तर, समग्रमा ५-४ को जितका साथ साविकको विजेता रियल मड्रिड अन्तिम आठमा पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा दोस्रो गोल गरे । यससँगै उनले च्याम्पियन्स लिगमा सर्वाधिक ७६ गोल गरेको छन् । उनले ११५ खेलमा यो कीर्तिमान गरेका हुन् ।
बार्सिलोनाका लिओनल मेस्सीले भने ९३ खेलबाट ७५ गोल गरेका छन् ।