एयरपोर्ट खुले पछि एनआरएन भबन शिलन्यास सोमबार नै प्रधानमन्त्रीले गर्ने


काठमाण्डौ/ गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन भोलि शिलन्यास हुँदै छ । सोमबार बिहान ९ बजे बिशेष समारोहका वीच प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारस्थित संघको जग्गामा भवन शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।

झण्डै एक महिनाअघि गैरआवासीय नेपाली संघले भवन निर्माणका लागि करिव १३ करोड रुपैयाँको लागतमा जग्गा खरिद गरेको थियो । भवन निर्माणका लागि एनआरएन अध्यक्ष शेषलेको अगुवाईमा बिगत एक बर्षदेखि बिश्वभर रकम संकलन अभियान संचालन भइरहेको थियो ।

संसारभरका एनआरएनको एकताको प्रतिकका रुपमा भवन निर्माण गर्ने भन्दै अध्यक्ष घलेले रकम संकलन अभियान संचालन गर्नुभएको थियो ।‘हाम्रो सपना साकार हुने दिन आएको छ, शिलन्याससँगै निर्माण कार्य तिब्ररुपमा अगाडी बढ्छ’ अध्यक्ष घलेले भन्नुभयो । भवन शिलन्यास कार्यक्रमका लागि बिश्वका बिभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु नेपाल आउने क्रममा छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल चार दिन बन्द भएका कारण बिचमै रोकिएका गैरआवासीय नेपाली अभियन्ताहरु नेपाल आउने क्रममा हुनुहुन्छ ।

भवन निर्माणका लागि अहिलेसम्म करिव १९ करोड रुपैयाँको प्रतिबद्धता आइसकेको र झण्डै ७ करोड रुपैयाँ संघको खातामा जम्मा भइसकेको अध्यक्ष घलेले जानकारी दिनुभयो ।
शिलन्याससँगै प्रतिबद्धता जनाइएको रकम जम्मा गर्ने र भवन निर्माण गर्ने कार्यलाई तिब्रता दिइने उहाँले जानकारी दिनुभयो । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन निर्माणलाई आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा राख्नुभएको थियो ।
NRN-invitation