पोर्चुगलमा कृषिको लागि कामदार आबश्यकता बारे सुचना


स्पेनमा बसोबास गर्दै आउनु भएका नेपालीहरुले, पटक- पटक काम खोज्ने प्रयास गर्दा गर्दै पनि काम नपाएर स्पेनमा बेरोजगार बस्दै आउनु भएको छ र पोर्तुगलको बिकल्प खोजिरहनु भएको छ भने एक पटक यो सुचनामा दिईएका नम्बरहरुमा फोन गरि राम्रो सँग बुझेर मात्र निर्णय लिनुहोला।

पोर्तुगलको दक्षिण भेगमा ५० जना नेपाली हरुको लागि कृषिमा कामको माग भएको पोर्चुगल निबासी नबिन गिरिले बताएका छन्। यो बारे ००३५१९२०३२८७३०१ मा सम्पर्क गरि गिरी सँग कुराकानी गर्न सकिने छ।

गिरीले बताए अनुसार कामको कन्ट्रक्ट हुने, पोर्तुगलको लेबोर नियम बमोजिम घण्टाको आधारमा पेमेन्ट, प्रत्येक महिना २३.२५% कर तिरिदिने, ६ महिना निरन्तर कर बुझाएपछि सेन्जेन भिषा हुनेले कार्ड पाउने सम्भावना, सेन्जेन भिषा नहुनेले निरन्तर १० महिना ट्याक्स पुगे पछि कार्ड पाउने सम्भावना. खाना र बस्नको लागि शुल्क लाग्ने तर कम्पनीबाट नै व्यवस्था (भुक्तानी काम पश्चात सेलरीबाट गरिने) भन्ने छ।

आबश्यक डकुमेन्टस : नेपाली राहदानी, पोर्तुगलको फिनान्स नम्बर, पोर्तुगलको सेगुरान्सा सोसिल नम्बर ( पोर्तुगलको सम्बन्धित डकुमेन्टस नभएको खण्डमा यी सबै बनाउनको लागि प्रकियागत सहयोग गरिने )

यो बारे स्पेनमा सम्पर्क गरि बुझ्नको लागि-

एक राज गिरी (अध्यक्ष , एनआरएनए स्पेन)- ६७८१३९७०८
कृष्णराज धमला – ६३१४६१०५० र
तुलसी शिवाकोटी – ६३११०३०१७

नोट- स्पेनमा काम नै नपाई लामो समय देखि बेरोजगारी भई बस्नु परेका नेपालीहरुको संख्या बढी देखिएकोले यो सुचना प्रकाशित गरि सहयोग गर्ने प्रयास गरिएको हो तर जानु अगाडी सुचनामा उल्लेख भए अनुसारको सुबिधा छ कि छैन ? कुन स्थानमा काम हो ? खाना बस्नको राम्रो सुबिधा छ कि छैन ? काम गरे पछि समयमा नै तलव पाईन्छ वा पाईदैन ?सुचनामा भने जस्तै गरि कार्डको संभाबना रहन्छ कि रहदैन ? तलब सुबिधा के छ ? र पोर्चुगलमा खेतीको काममा नेपालीहरुले भोगेका केहि दुखद समाचार पनि सुनिएको हुदा, सबै अवस्थाहरु बारे पोर्चुगलमा रहने साथीहरु ,संघ सस्था वा प्रतिनिधिहरु राम्रो सँग बुझेर मात्र निर्णय लिनुहोला।