बिल्बाओसँग स्तब्ध हुदा रियलको ब्रजपातमा, बार्साको खुशी


काठमाडौं /स्पेनिस ला लिगामा एल्थेटिको विल्बाओले लिग लिडर रियल मड्रिडलाई पराजित गरको छ । शनिबार राति भएको खेलमा बिल्बाओले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो ।

यसको फाइदा दोस्रो स्थानमा रहेको बार्सिलोनालाई हुनेछ । आइतबार रायो भालेकानोलाई हराउन सके बार्सिलोना शीर्ष स्थानमा उक्लनेछ ।घरेलु मैदानमा भएको खेलमा एल्थेटिको विल्बाओले २६ औं मिनेटमा अडुरिजको गोलबाट अग्रता लियो । दोस्रो हाफमा रियल मड्रिडले एत्लेटिको बिल्बाओमाथि दबाव कायम राखेपनि गोल गर्न सकेन ।

रियल मड्रिड २६ खेलबाट ६१ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ५९ अंकका साथ दोस्रो स्थानमा छ ।