एमआरपी फाराम संकलनमा जनप्रगतिशिल मंच कतारको सहयोग


– नबराज सिम्खडा “जिज्ञासु”
कतार/एकीकृत नेकपा माओबादिको बिदेश स्थित जनबर्गिय संगठन नेपाली जनप्रगतिशिल मन्च कतार ले २०१५ मार्च ६ का दिन एम.आर.को लागि फर्म संकलन तथा पासपोर्ट बितरण कार्यमा नेपाली दुताबास कतारलाइ सहयोग गरेको छ।

सन २०१६ फेब्रुअरी २४ देखि हस्त लेखित राहदानी नचल्ने नेपाल सरकारले गरेको निर्णयलाई बिभिन्न देशमा जस्तै कतारमा पनि नेपालि राजदुतावासले राहदानी निर्माणको लागि फारम भर्ने र बितरण गर्ने काम तिब्र गतिमा गरिरहेको छ।

अहिले दुताबासमा फारम भर्ने र राहदानि बनाउनेहरुको भिड लाग्ने गरेको छ। कतारमा कार्यरत कामदारहरुको दुताबासमा परेको चापलाइ कम गर्ने उदेस्यले २०७१ साल फाल्गुन १५ गते अर्थात(२७ फेब्रुअरी २०१५)देखि २०७१ चैत्र ६ गते अर्थात (२० मार्च २०१५) सम्म शुक्रबार अर्थात बिदाको दिन पनि फारम संकलन तथा बितरण कार्य गर्ने निर्णय गरेको थियो।

दुताबासको यो निर्णयमा कतारमा कार्यरत विभिन्न संघ सस्थाले ऐक्यबद्धता जनाउदै फारम भर्ने कार्यलाइ सहज र सरल बनाउन सहयोग गर्दै आइरहेकाछन्।सो सहयोग गर्ने कार्यलाइ निरन्तरता दिदै जनप्रगतिशिल मन्च कतारले पनि सस्थाका विभिन्न ब्यक्तिहरुको उपस्थितिमा १५० भन्दा बढी फर्म संकलन तथा ३७५ पासपोर्ट बितरण कार्य सम्पन्न गरेको हो।

उक्त कार्यमा सस्थाका संरक्षक सनिकुमार ओलि,अध्यक्ष होमनाथ शर्मा,उपाध्यक्ष त्रय प्रेम कुमार बि.क,दुर्गा प्याकुरेल,हरि मगर महासचिब प्रेम लामा कोषाध्यक्ष कर्ण लिम्बू,सदस्यहरु होम बहादुर बस्नेत,लक्ष्मण कडेल,यश धराने लगायत सल्लाकार सम्योजक रमेश भट्ट,सल्लाहकार सदस्यहरु राजु डुम्रे,रकम्ध्वज राइ,नबराज सिम्खडा “जिज्ञासु” लगायत संगठन मा आबद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो।
नेपाली जनप्रगतिशिल मन्च कतार बिगत लामो समयदेखि यस्ता सामाजिक कार्यमा निरन्तर लाग्दै श्रमिकको हक र अधिकारको निम्ति लड्डै आएको संस्था हो।