कतार पुगेका आशिष श्रेष्ठ सम्पर्क बिहिन, छोरा खोजिदिन बाबुको अपिल


– रवि रोषी,

दोहा/ पुरानो थातथलो लमजुंग भइ हाल काठमाण्डौँमा स्थायी बसोवास गर्दै आएका अमृत श्रेष्ठका परिवार यति बेला चिन्ताग्रस्त छन् ।छोरा आशिष श्रेष्ठ कतारको अमोज क्याटरिंगमा कामको लागि गएको बताउने उनका वुवा अमृत श्रेष्ठ विगत ८ महिना देखि सम्पर्क विहिन हुँदा आफु ठूलो चिन्तामा डुबेको बताउँछन् ।

१९ बर्षे अशिष श्रेष्ठ कतारमा कहाँ के गर्दै छ, सो बारेमा जान्न फोन सम्पर्क गर्दा पनि कुनै अत्तोपत्तो नभएको उनी बताउँछन् । उनको कतारको फोन नम्बर ३०३९९४५० हाल लामो समय देखि बन्द भएको बताउने उनका बावु कतारमा रहेको छोरोसंग कसरी सम्पर्क गर्न सकिन्छ भनी चिन्तामग्न छन् । ०६७९९०६० पासपोर्ट बाहक आशिष श्रेष्ठ हाल उनी त्यो कम्पनीमा रहेको नरहेको जानकारी पनि कहिँ कतैबाट पाउन नसकेको उनी बताउँछन् ।

सम्पर्कविहिन हुनु अघि अर्थात् ८ महिना अघि कर्निस घुम्न जाँदैछु वुवा भनेर फोन सम्पर्क भएको छोरो संग त्यहि दिन बोली मिसाएर कुरा गर्न नपाएको उनका बुवा अमृत श्रेष्ठ बताउँछन् । दिन भरि डिउटीमा मन भुलाउँछु, कोठमा गएपछि रातभरि छोरोको याद आउँछ ।

कहाँ होला, के गर्दै होला यस्तै कुराहरु मनभरि खेलेर छोरोको सम्झनाले निन्द्रा पनि लाग्दैन । मेरो छोरो खोजिदिनु सर, म हजुरलाई केहि सहयोग गर्नेछु भनेर रुन मात्र बाँकी राखेर सबै मनको व्यथा आत्तिदै पोखे ।

आशा राखौं, यो समाचार पछि  कतारमा रहेका संघसंस्थाहरुले आशिषको खोजीमा सम्बन्धित निकायसंग सहयोग लिएर आशिषको बुवाको चिन्तित मुहारमा खुशी ल्याउन सघाउ पुर्याउनेछ ।

तपाईको प्रतिक्रिया