बाग्लुङमा एमाओवादी नेता दीनानाथ शर्मा चुनाव लड्ने


काठमाडौं / एमाओवादीले बाग्लुङ क्षेत्र नं १ मा पार्टी प्रवक्ता दीनानाथ शर्मालाई उम्मेद्वार बनाएको छ । शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रवक्ता शर्मालाई उम्मेद्वार बनाउने घोषणा गरेको हो ।

एमाओवादी नेता शर्मालाई यस अघि समानुपातिक सूचीमा राखिए पनि सभासदमा नदोहोर्‍याउने नीति अन्तरगत सभासद बनाइएको थिएन । पहिलो संविधानसभामा शर्मा समानुपातिक तर्फबाट सभासद थिए । पछि उनी शिक्षा मन्त्री बनेका थिए ।
आगामी चैत्र २८ गते हुने उपचुनावमा यसअघि एमाओवादीले कृष्ण केसीलाई उमेद्वार बनाउने चर्चा थियो ।

कांग्रेस सभासद हरिबहादुर खड्काको जीप दुर्घंटनामा मृत्यु भएपछि बाग्लुङ १ मा उपचुनाव हुन लागेको हो ।