जापानले विदेशीहरुलाई नर्सिङ र केयर गिभर भिसा सजिलै दिने


जापानमा सरकारले विदेशी नर्स तथा केयर गिभरमा काम गर्न चाहनेहरुका लागि भिसा सहज उपलब्ध गराउने भएको छ । जापानमा घटदो नर्स तथा केयरगिभर कामदारको अवस्थालाई पूर्तिगर्न विदेशीहरुलाई बाटो खोलेको जनाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेको मन्त्रीपरिषदको वैठकले शुक्रवार एक नयाँ विधयेक पारित गर्दै भिसा सहज उपलब्ध गराउने निणर्य गरेको छ ।

कार्यक्रम अन्र्तगत प्रारम्भिक चरणमा ‘भोकेसनल’ व्यवसायिक शिक्षा कार्यक्रम तथा विश्वविद्यालयमा अध्ययन भिसा सहज गराईने जनाएको छ । अध्ययन पश्चात कामदार भिसा समेत सहज उपलब्ध गराउने निर्णय पारित गरेको समाचारमा जनाइएको छ ।

यस अघि कामदार आदनप्रदान कार्यक्रम गरेर फिलिपिन्स, ईण्डोनेसिया र भियतनामबाट सो भिसामा कामदार आदन प्रदान सम्झौता गरेको थियो ।