कास्की सराङगकोटमा बस दुर्घटना ५ को मृत्यु (नामावली सहित )


– सागर राज तिमिल्सिना

पोखरा, २२ फागुन/कास्कीको सराङगकोटमा बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिवस तिमिल्सिना, कास्कीकोटका हरिबहादुर खत्री र गोमा लुइटेल र पोखरा २६ सराङगकोटका लेखबहादुर ढकाल र तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।

कास्कीको चिसापानीबाट गुन्टेचौर हुदै पोखरा तर्फ आइरहेको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा परि ५० जना भन्दा बढि घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताए । ग १ ख ४८४९ नम्बरको बस पोखरा उपमहानगर पालिकाको सराङ्गकोटको मगर गाउँमा दुर्घटना भएको हो ।

Pokhara-Bus-Accident-2

कचि सडकबाट करिब २ सय मिटर तल सिमलको रुखमा बस अड्कीएको थियो । घाइतेहरुको पोखराका विभिन्न अस्पतलामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । घाइते मध्ये विष्णु माया लुइटेल, सन्तोष कुमार खड्का, कृष्ण प्रसाद सुबेदीको पोखरा साहारा अस्पतालमा उपचार भैरहेको छ ।