सराङकोट बस दुर्घटना ६ जनाको मृत्यु (अपडेड)


सागर राज तिमिल्सिना/

पोखरा/कास्कीको कास्कीकोट गाविसको गुण्टेचौरबाट पोखरा आउदै गरेको बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । शुक्रबार विहान १० बजे तिर ग १ ख ४८४९ नम्बरको बस पोखरा नगरपालीका २६ सराङ्गकोटको थापा डाडाँबाट बस पल्टेको हो । करिब २ सय मिटर तलपुगेको बस सिमलको बोटमा गएर अल्झेको थियो ।
दुर्घटनामा परि गुण्टेचौरकी ४० वर्षीया गोमा लुईटेल, पोखरा उपमहानगरपालिका २६ का १६ वर्षीय दिवस तिमिल्सिना, ५० वर्षीय हरिबहादुर खत्री, ४५ वर्षीया तारा थापा, ५० वर्षीय लेखबहादुर ढकाल र कास्कीकोट ६ काउलेका ५५ वर्षीया भिमा खत्री रहेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए ।

गम्भीर घाईते भएका मध्ये ७ जनालाई शुक्रबार नै हेलिकप्टबाट काठमाडौ लगेका छन् । घाइतेहरु दिल बहादुर ढकाल, सुमन थापा, सोवित थापा र एलिस थापालाई काठमाडौ हेलीकप्टर मार्फत काठमाडौं पठाईएको छ । अन्य सबै घाईतेहरुको मणिपाल शिक्षण अस्पताल, फिस्टेल अस्पताल, गण्डकी मेडिकल कलेज र साहारा अस्पताल लगाएतका अस्पतालमा उपचार भैरहेको छ ।

बसका चालक २७ वर्षीय खिलबहादुर आलेमगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पोखरा आइपुगेका गृहमन्त्री बामदेव गौतमले शुक्रबार नै मणिपाल अस्पतालमा पुगि घाइतेहरुका बारेमा जानकारी दिएका छन् । सराङकोटमा २०६५ साल मंसिर २९ गते बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको थियो ।

कसरी भयो दुर्घटना

गुण्टेचौरबाट पोखराका लागी समय मै बस चलेको थियो । बस कम चल्लने भएका कारण र फागुपुर्णिमाले घर गएहरु पोखरा अफिस र कामका लागी आउन आतुर थिए । कोहि विवाहका लागी सामान किन्न पोखरा झर्दै थिए त कोहि दैनिकि चलाउन । बसमा तल माथी मानिसहरु टना टन थिए ।

पोखरामा भर्नका लागी ल्याउदै गरेको रित्तो ग्यासको सिलिन्ड देखि खानक लागी आवश्यक आलु सम्म बस मै थिए । घाइते भएर अस्पतालमा उपचार गराई रहेको सन्तोष कुमार खड्काले भने बस विस्तारै गतिमा थियो । तर बसमा धेरै मासिन थिए । त्यसै कारण दुर्घटना भएको हो । खड्काले भने बस सडकमा दायाँ बायाँ ढल्किदै गरेको थियो । ढल्किदा ढल्किदै तल खसेर ६ बर्लाङ खेल्यो बस भित्र रहेका सबै चिच्याउन थाले लौ न बचाउ मरियो । छतमा रहेका भने बस पल्टिदै गर्दा हामफालेका थिए ।

अर्का घाइते कृष्ण प्रसाद सुबेदीले बसमा बस्ने ठाउँको त के कुरा उभिने पनि ठाउँ थिएन । खचा खच बसमा गित बजिरहेको थियो । बोलेको केहि नसुने पछि चालकलाई यात्रुले गित बन्द गर्न भनेका थिए । गित बन्द गरेको केही बेर मानै बस पल्टेको सुबेदीले बताए । बस सडको छेउमा जादा सडक लच्कीएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । दुर्घटना हुनुको मुख्य कारण के थियो भन्ने बारेमा अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ ।