स्पेनको सामुन्द्री तटमा नेपालीको होली ( फोटोफिचर सहित)


– वसन्त रानाभाट
बार्सिलोना /
सबै दिदिबहिनीहरु एकै ठाउमा जम्मा हुन कम हत्ते त थिएन, एक हप्ता अघि देखि नै तयारी चलिरहेको थियो। बिदेशमा प्राय: सबैको काम तर एकै समयमा बिदा मिलाउन फलामको चिउरा चपाउनु जस्तै तर हिम्मत गर्यौ र सम्भब भयो। हाम्रा नानीबाबुहरु ९ बर्ष मुनिका थिए र सबै जसो यतै तिर जन्मिएका । यो एउटा स्मरणीय क्षण मात्र रहेनकी यतै जन्मेका हाम्रा बच्चाहरुलाई यो पनि थाहा भयो कि ‘होली हाम्रो पर्व हो’ स्पेनको कोस्टाब्लांका स्थित बेनीड्रम निबासी शुष्मा ढुंगानाले नेपालीनेपाली डटकमलाई  बताईन्।

हाम्रो योजना थियो सबै जनाले सेतो टिसर्ट लगाऊ यसले होलीको रंग प्रष्ट देखिन्छ। त्यसैले नजिकको चाईनिज दोकानबाट सबैले टिसर्ट किन्यौ,सहभागी करिब २६ जना दिदिबहिनीहरु सेतो टिसर्टमा सजियौ। तर अबिर खोज्दै जादा अलि मुस्किल पर्यौ। उनले भनिन्,बजारमा अबिर  त पायौ तर अनुहारमा दल्न लायक भेटिएन र सबै दिदिबहिनीहरुले सल्लाह गरेर घरघरबाट अलि अलि लग्यौ नेपालबाट लगेको अभिर भएर होला रंग पनि गज्जबले बस्यो ।

1519120_949301595095114_3037929737154981650_o

समुन्द्री किनारा हाम्रो गन्तब्य थियो नेपाल स्पेन समाजका सह- कोषाध्यक्ष समेत रहेकी ढुंगानाले भनिन्”पहिले नै अजेंन्तामेन्तो( नगरपालिका) बाट स्थलको लागि अनुमती लिई सकेका थियौ। खुलेको आकाश मुनि हामी एक अर्कालाई रंग दल्दै रमाउन थाल्यौ। बालबच्चाहरु पनि हामीलाई हेर्दै एक अर्का बीच अबिर लगाउन शुरु गरे। समुन्द्री तटमा नै रहेको पार्कमा खेल्दै उनीहरु रमाए । आ- आफ्नो घरबाट तयार गरि लगेको खानाको परिकारले अभिर सँग खेल्दा खेल्दै लागेको भोकलाई मज्जाले मेटायो ढुंगानाले रमाउदै भनिन्।

11050245_949300975095176_6675904647633714998_o

समाजका अध्यक्ष लाल बहादुर केसीले दिदिबहिनीहरुको होली कार्यक्रमले बालबच्चालाई बिदेशमा चाडपर्व मनाउन सिकाउनु पर्छ भन्ने सन्देश दिएको बताए। उनले भने ” समाजले अन्य चाड पर्वहरु औपचारिक रुपमा मनाउदै आएको छ तर यस्तो शैलीले पर्व मनाउदा झन् नेपालमा नै मनाए जस्तो प्रतिक्रिया पाएको बताए। कार्यक्रममा केहि पुरुष सहयोगी बाहेक महिला दिदि बहिनीहरु र बालबच्चालाई मात्र समेटिएको केसीले जनाकारी दिए।

11001556_949301651761775_7903875930139221475_o

यता नेपालीहरुको बाक्लो बसाई रहेको बार्सिलोनामा पनि परिबार परिबार बीच जमघट गर्दै होली मनाएका छन्। ४-५ परिबार एकै ठाउमा जम्मा भई एक आपसमा अबिर  लगाउदै होली मनाएको नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले बताए।

फागु पूणिर्मा अर्थात होली पर्व असत्यमाथि सत्य र खराब माथि असल पक्षको विजयको रुपमा देश तथा विदेशमा मनाउने गरिन्छ।

10857221_949317538426853_284998361681929717_o1939519_949316721760268_8340018342895994411_o10991538_1047843678575698_2718797315454193013_o