कास्कीको भरतपोखरीमा चार वर्षीया बालिका बलत्कृत


पोखरा / शिक्षकबाट १४ वर्षकी छात्रा वलत्कृत भएको एक साता वित्न नपाउँदै कास्कीमा फेरी चार वर्षीया बालिका बलात्कृत भएकी छन् । चार वर्षीया दलित बालिका बलात्कारको आरोपमा लेखनाथ नगरपालिका भरतपोखरीका ५४ वर्षीय व्यक्ति बिहीबार पक्राउ परेका छन् ।

आमासँग दुई रुपैयाँ मागेर बुधबार दिउँसो चकलेट किन्न पसलमा गएकी चार वर्षकी छोरी धेरै बेरपछि रुदै गुप्तांगबाट रगतका धारा बगाउँदै आएको देखेपछि तातोपानीले सफा गरिदिएकी थिइन् । त्यही पसलका ५४ वर्षे पुरुषले ती बालिकालाई जबरजस्ती गरेको थाहा पाए पनि गाउँलेले भने बालिकाकी आमालाई गगनगौडास्थित माइती पठाइदिएका थिए ।

बुधबार नै बालिकाकी आमाले उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्याए पनि रक्तस्राब नरोकिएपछि बिहीबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याएर शल्यक्रिया गरिएको थियो । बढी नै रगत बगेको र गुप्तांगमा घाउ भएकाले शल्यक्रिया गर्नुपरेको चिकित्सकले बताएका छन् ।
बालिकालाई अस्पताल ल्याएपछि पीडित पक्षको जाहेरीको आधारमा पाठक थरका ती आरोपीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गाउँमा समाजसेवीका रुपमा चिनिएका ती व्यक्तिलाई मुक्त गराउन राजनीतिक दलको दबाब आउन सक्ने भएकाले त्यसलाई बेवास्ता गरी कानुन बमोजिम कारवाही गर्न महिला अधिकारकर्मीहरुले दबाब दिएका छन् ।