कठोर परिश्रम र काममा निरन्तरता नै सफलताको राज


– रोजी लाबुङ् ( राई )
हामीले कुनै पनि राम्रो कुराको शुरुबात गर्नु नै आधा रुपमा सफलता भएको झै महशुस हुन्छ । कुनै कार्यमा सफलता पाउनुलाई योजना बद्ध कार्य गर्नु आवश्यक हुन्छ।
कुनै पनि योजना बनाउदा त्यस सम्बन्धमा केही अनुभबहरुलाई केलाउनु धेरै उचित हुन्छ , नयाँ अनुभब बाट काम थालनी गर्दा यदि त्यसमा केही परीबर्तन आएन र पहिलेको झै केही सुधार भएको छैन भने पनि हामीले आफुमा ज्ञान छैन दिमाग़ छैन।
आफुमा क्षमता छैन भन्ने या त्यसमा केही कारण छ भने हामीले बेलैमा मुल्याँकन गर्न नसक्नु या आफुमा बिचार गर्ने क्षमता कमी भएको छ भन्ने सोच्नु पर्छ। आफुमा हमेशा हरेक कार्य गर्दा दृढ़ बिस्बास निश्चयता लगनशीलता निरन्नतरता हुन जरुरी छ यदि हामी यो कुरा पालन गरी आफुमा बिस्बस्त भई तल्लीन रह्यौं भने अवश्य सफल जिवनको लागी अगाडी बढ्न सक्छौं। आफ्नो लागी मात्र हैन हामीले अरुको लागी पनि उपयोगी आवश्यक ब्यक्ती बन्नु जरुरी छ।

हामी हरेक कुरामा सफल बन्नलाई हरेक कुरामा एउटा दृढ़ प्रतिज्ञा गर्नु सिक्नु पर्दछ ,यदि त्यस्तो गरेमा सफलता पाउन सरल या उपयोगी हुनेछ ,हामीमा प्रतिज्ञा भयो भने आफुमा परिपक्वता पुर्णता सजकता कार्यप्रतिको निश्ठा साथै ज्ञानको स्पष्टता हुन्छ। यदि हामीमा यो कुराको बिकास भयो भने अरुको नजरमा पनि हामी जिज्ञासु भएको प्रकास प्रस्फुटित भएको महसूस गर्दछन् ,अनि अधिक रुपमा सक्क्षम भएको जस्तो सोच्ने गर्दछन्। तर हामीले अरुको नजरमा अरुलाई देखाउने उद्देश्य ले हैन स्यंम आफुमा निश्चयता हुनु पर्दछ म मेरो कार्यमा सफल छु भनेर ,आफुले आफैलाई प्रमाणित गर्न सक्नु पर्दछ।

बास्तवमा सफलताको रहस्य के हो ? यो हामी सबैले सोच्ने निचोड ब्यबहारीक कुरा हो कसैले सोच्ने गर्दछन् जो सँग धेरै पैसा छ जो पुर्णरुपले सम्पतीले भरपुर छ जसको आफन्तहरु ठुला ठुला नेताहरु राजनीतिज्ञ हरु छन् जसको सिफ़ारीश मान्य हुन्छ अनि सोर्स फ़ोर्स को भरमा जागीर पक्का हुन्छ यस्तोलाई सफल्ता मान्ने प्रचलन छ तर मेरो सोचाईमा त्यसलाई सफल्ता को नाम दिनु युक्ति सँगत लाग्दैन ,पैसा र सिफ़ारीश को भरमा कुनै कुरामा सफल अवश्य हुदैन पैसा र सिफ़ारीश को भरमा त जस्तै अयोग्य ब्यक्ती पनि छनौट हुन सक्छ तर उसलाई आफ्नो कार्य क्षमता मा बाधा हुन जान्छ त्यसैले जो ब्यक्ती सफल बन्न चाहान्छ उ कहिलै सिफ़ारीश लाई प्राथमिकता दिदैन र आफ्नो कार्य दक्षतामा चुक्न चाहादैन।

यदि हामीमा कुनै कुरामा सफल हुनको लागी डर उद्विग्नता मनमा राख्यौं भने हरेक कुराको सफलता हाम्रै वरीपरी संम्भब भएता पनि बिफल भएर जान्छ ,कारण हामीमा डर त्रास उद्दिग्नता छ भने हामी केही कुरामा काम मा एकाग्र हुन बन्चित हुन्छौं ,यस्तै प्रकारले हामीमा भएको कार्य शक्ति एकाएक गर्दै नाश हुदै जान्छ।  कुनै पनि कुरा गर्नु छ भने त्यसको बारेमा धेरै सोचीरहन पनि ठीक हुदैन निरर्थक चिन्ताहरुमा डुब्नाले चिता सम्म पनि पुर्याउन सक्छ कुनै पनि काम गर्न चाहाना भयो भने चाहानामा मात्र सीमित राख्ने हैन निश्चय गर्नुको साथ साथै शुरुआत गर्नु अनिबार्य छ ,हामीमा भएको सोच बिचारलाई नियन्त्रण गर्न सक्नु पर्दछ अनि मन भित्र भएका ख़राब अवान्छित (अनावश्यक ) सोच बिचारहरु हटाउन आवश्यक छ ,जहिलै पनि हामीले हरेक कुरामा लक्ष लिएर हिड्ने गर्नु पर्दछ अनि सफलता जरुर हाम्रो वरीपरी निश्चित हुन्छ ,जुनै पनि हामीले गरीरहेका कार्यहरु छन् त्यसलाई झनझन स्तरीय बनाउने तर्फ जोड दिनु पर्दछ ,हरेक सानों होस् या ठुलो हरेक कामलाई ध्यानपूर्वक गर्नु पर्दछ कुनै पनि कामको बेवस्था गर्नु नकारात्मक दृष्टि ले हेर्नु हुदैन त्यसलाई अधुरो अपुरो छोड्नु हुदैन।

जती सक्दो आफुले गरेको कामलाई अरु कसैले आलोचना गर्ने ठाँऊ नहोस् ,कसैले दोष दिन नपाओस् !मेरो बिचारमा यदि हामी यी कुराहरु आफ्नो मन मा हृदयांकन गरेर आफ्नो सच्चा मनले आफैलाई उत्तर दिन सक्यौं र हामी आफैमा सफल छौं या छैनौं ?
मलाई लाग्छ हरेक कुरामा सफल हुनलाई हामी स्वयं नै लागी पर्नु पर्छ कसैको हातमा कसैको काँखमा आफसे -आफ कहिलै सफलता खस्दैन बस्दैन ,हरेक कार्यमा निरन्तरता दिनु पर्दछ ,सफलता पाउनुलाई कठोर परिश्रम गर्नु पर्दछ सफलताको लागी यही सार्थकता हुन्छ। दृढ़ इच्छा शक्ती,तत्परता ,सजकता ,शालीनता ,सहनशीलता ,उद्दारता
मधुरता ,स्नेह ,कठोर त्याग ,सीमित प्रसंसा ,प्रसन्नता ,दृढ़बिस्बास ,पुर्णभरोसा यहि नै आत्मासाथ गर्दै दैनिक जिवनमा प्रयोग गर्न सकियो भने हामी अवश्य सफल बन्ने छौं।
बुधबारे ५
झापा -नेपाल
हाल – यु.के