बिश्व सम्मेलनले बार्सिलोना मोबाइल मय, १ लाख भन्दा बढीको सहभागिता


बार्सिलोना/

बर्षको सवैभन्दा ठूलो मोबाइल प्रर्दशनीमा यसपटक एप्पल सहभागी छैन् । तर, स्पेनको बार्सिलोनास्थित फिरा वर्ल्ड कंग्रेस परिसर पुग्दा पुरै वातावरण एप्पलमय लाग्छ । प्रर्दशनीस्थलमा डिस्प्लेमा राखिएका बिभिन्न ब्रान्डका नयाँ उत्पादनहरु हेर्दा लाग्छ ती सवै एप्पलका पछिल्ला उत्पादनको नक्कल गरिएका छन वा कम्तीमा प्रभावित छन् । खासगरि एप्पलको आइफोन ६, आइफोन ६ प्लस र आइप्याड एयरको सवैभन्दा धेरै नक्कल भएको देखिन्छ ।

MWC-2014

अघिल्लो बर्ष ठिक यसै सयममा भएको मोबाइल प्रर्दशनीमा स्थिति उल्टो थियो । सामसुङका उत्पादनको दबदबा यति धेरै थियो कि सवैजसो उत्पादक सामसुङबाटै प्रभावित देखिन्थे, उसैको नक्कल गरिरहेका हुन्थे ।तर, एप्पलले केही महिना पहिले ठूलो स्क्रिन साइज भएका दुई नयाँ मोबाइल सार्वजनिक गरेपछि उपभोक्ताले त्यसलाई निकै रुचाए, एप्पलले ऐतिहासिक नाफा आर्जन गर्न सफल भयो ।

एप्पलका नयाँ डिजाइनप्रतिको यही आर्कषणलाई क्यास गर्न कोसिस गरिरहेका छन यतिबेला अन्य मोबाइल उत्पादकहरुले । चिनियाँ उत्पादकहरुमात्र हैन, सामसुङ पनि यो बर्ष एप्पलको पथमा देखिन्छ ।उसले सोमबार सार्वजनिक गरेको ग्यालेक्सी ६ सेरिजका दुई फोनमा एप्पलले दिएका फिचरलाई नक्कल गरिएको छ ।

MWC-Barcelona-ANDROIDPIT

तर, प्रर्दशनीमा सहभागी भएका अधिकांश चिनियाँ मोबाइल उत्पादकले त एप्पलको यतिसम्म नक्कल गरेका छन कि कतिपयको नाम र डिजाइनसमेत हुबहु छ ।

मार्च २ बाट शुरु भएको सम्मेलन ५ तारिक बिहिबार सकिदै छ।सन् २००६ देखि बार्सिलोनामा हरेक बर्ष हुदै आएको सम्मेलन यस पटक सबै भन्दा सफल मानिएको छ। गत बर्ष संसार भरबाट ८५ हजारको सहभागिता रहेको सम्मेलनमा यस पटक १ लाख भन्दा बढीको सह भागिता रहेको अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।सम्मेलनका कारण बार्सिलोनामा ब्यापार ब्यबसायमा पनि बृद्दी भएको छ। MWC-altered-702x336