सुनकलीलाई स्लोभानियाको माउण्टेन फिल्म फेस्टिबलमा अवार्ड


काठमाडौं/

स्लोभानियाको माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा पत्रकार भोजराज भाटले निर्देशन गरेको नेपाली वृतचित्र सुनकलीले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। यही फागुन ११–१५ सम्म चलेको उक्त फिल्म फेस्टिबलमा सुनकलीले माउण्टेन, नेचर तथा कल्चर विधामा जुरी अवार्ड पाएको हो।

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को १२ औं संस्करणमा उत्कृष्ट भएको उपल्लो डोल्पासम्बन्धी वृतचित्र डेज अफ ट्याप र नेपाल प्यानोरमातर्फ छोटो फिल्ममा उत्कष्ट पुन्टेको पांग्रो पनि सोल्भानियाको उक्त फिल्म महोत्सवमा छनौट भएका थिए। किम्फमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट घोषित भएर सुनकलीले एक हजार अमेरिकी डलरको इसिमोड अवार्डसहित जुरी अवार्ड पनि पाएको थियो।
हरेक वर्ष स्लोभानियाको राजधानी लुबियानामा हुने गरेको फिल्म महोत्सवमा यसपटक २६ देशका ५० फिल्म तथा वृतचित्र सहभागी भएका थिए। तीमध्ये अमेरिकाको जेफ रोइज मेटानोयाले उत्कृष्ट अवार्ड पाएको थियो। त्यसबाहेक उक्त महोत्वसमा तीन वटा अमेरिकी, दुई जर्मनी, दुई बेलायत अनि नेपाल र फ्रान्सका एक–एक वृतचित्रले विभिन्न विधामा पुरस्कार पाएका हुन्। यद्यपि, स्लोभानियाबाट प्रतिष्पर्धाका लागि छनौट भएका ६ वटा फिल्म तथा वृतचित्रले कुनै अवार्ड पाएनन्।

मुगुकी १३ वर्षीया सुनकली र उनको फुटबल टिमले जिल्ला बाहिरसम्म पुगेर गरेको जितको अनुभवसम्मलाई पत्रकार भोजराज भाटले डकुमेन्टेसन गरेका हुन्। यसपटक किम्फको १२ औं संस्करणको उद्घाटन पनि सनकलीको विशेष स्त्रि्कनिङसँगै गरिएको थियो। स्लोभानियामा पुरस्कृत भएका सबै वृतचित्र तथा फिल्मको महोत्सवको अन्तिम दिन पुनः स्त्रि्कनिङ गरिएको थियो।

पहिलो अन्तर्राष्टिय स्त्रि्कनिङका लागि सुनकलीका निर्देशक भोजराज भाट र निर्माताका तर्फबाट विमलसिंह विष्ट दुबै स्लोभानिया पुगेका थिए। उक्त अवार्ड फागुन १५ गते विशेष समारोहका लागि फिल्म फेस्टिबलका निर्देशक सिल्भो कारो र स्थानीय शहर डोम्जालेका मेयरले संयुक्तरुपमा निर्देशक भाटलाई ट्रफी दिएका हुन्।

हामीकहाँ सहभागी भएका फिल्महरु छान्न नै निकै गार्‍हो भएको थियो, सहभागी सबै फिल्म सबै एकसे एक गुणस्तरका थिए,’, लुबियानाको चर्चित थियटर सांकारियाडोमस्थित विशेष पुरुस्कार वितरण समारोहमा महोत्सव निर्देशक सिल्भो कारोले भने,र् फुटबलको विषयलाई हिमाली जनजीवनसँग जोडेर बनाइएको सुनकलीलाई पुुरस्कृत गर्न पाउँदा हामी निकै खुशी छौं।’

“हामीकहाँ फुटबल भनेपछि कि त मेसीलाई सम्झन्छौं कि रोनाल्डोलाई, तर फुटबल ठूलो स्टेडियम भएका देशहरुमा मात्र खेल्दैनौं, यो हिमाल, पहाड वा तराई जहाँतही खेल्न सक्छ भन्ने सन्देश दिन खोजेका छौं,” पुरस्कार थापेपछि निर्देशक भाटले भने, “त्यही फुटबल युरोप, अमेरिकातिर अरवौं डलर कमाउने माध्यम बनिरहेको छ तर हामीकहाँ खेल्नको लागि बालबालिकाले आफ्नै अभिभावकसँग संघर्ष गर्नु परिरहेको छ, जो सुनकलीमा हेर्न सकिन्छ।”