मोदीको लन्च लोकसभा क्यान्टिनमा ,थालीको मूल्य २९ रुपैयाँ


एजेन्सी नयाँ दिल्ली/

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिउँसोको खाना लोकसभाको क्यान्टिनमा खाएर सबैलाई अचम्ममा पारेका छन्। उनले क्यान्टिनमा भेज थालीको मगाएका थिए। सो थालीको मूल्य २९ भारतीय रुपैयाँ रहेको क्यान्टिन सञ्चालकले बताए।

खाना खाइसकेपछि मोदीले सय रुपैयाको नोट दिएको र बाँकी ७१ रुपैयाँ फिर्ता लिएका थिए।  मोदीले क्यान्टिनको सुझाव पुस्तिकामा ‘अन्न दाता सुखी भव’ लेखेका छन्।

भारतीय इतिहासमा संसदको क्यान्टिनमा प्रधानमन्त्रीले खाना खाएको यो पहिलो पटक हो। यसअघि राजिव गान्धीले पनि संसदको क्यान्टिनमा खाना खाएका थिए। तर, उनी त्यतिबेला प्रधानमन्त्री थिएनन्।