बेल्जियममा काँग्रेसीहरु ताते,कृयाशिल सदस्यता वितरणलाई तिव्र पारिदै


 बेल्जियम/नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली काँग्रेसको कृयाशिल सदस्यता वितरण तथा नविकरणलाई तिव्र पार्ने भएको छ । नेपाली काँग्रेसको १३ औं अधिवेसनको मिति तय भए पछि बेल्जियममा पनि यस्को सरागर्मि बढको हो ।

नेपाली जनसंपर्क समिति बेल्जियमका महामन्त्रीले सुचना मार्फत आगामी सोमबार ९, मार्चमा बेल्जियमा एन्र्टवपेन क्षेत्रमा एक विषेश भेलाको आयोजना गरेर कृयाशिल वितरण तथा नविकरण गर्न लगाइएको जनाएका छन् । बेल्जियमा अन्य सहरहरुमा पनि छिट्टै भेलाको आयोजना गरेर कृायशिल सदस्यता वितरण गरिने बताइएको छ ।

यस अभियानमा सहयोग गर्नको लागि समेत पुर्व अध्यक्षहरु, पुर्व संरक्षक, सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु र सवै साधारण सदस्यहरुलाई भेलामा उपस्थित भै सहजीकरण गर्न समेत अनुरोध गरिएको महामन्त्री गौतमले बताएको नमस्ते युरोपले जनाएको छ।

जनसंपर्क समितिले ५०० संख्यामा कृयाशिल सदस्यता वितरण गरेमा नेपाली काँग्रेसको १३ औं अधिवेसनमा ३ महासमिति सदस्यहरु सहित ७ जना प्रतिनिधीहरुले सहभागीता जनाउन पाउने व्यवस्था नेपाली काँग्रेसको विधानमा रहेको छ ।