चितवनमा एक करोड मुल्य बराबरको हिरा बरामद, ३ जना पक्राउ


चितवन/ चितवन प्रहरीले अवैध रुपमा लुकाएर ल्याउदैं गरेको १ करोड मुल्य बराबरको ६ थान हिरा सहित ३ जनालाई पक्राउ गरेको छ । भरतपुरस्थित गोन्द्राङमा सोमबार बिहान चेकजाँच गर्ने क्रममा उक्त हिरा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा लमजुङ टक्सार ९ का मुक्तराज मल्ल, नवलपरासी दाउन्नेदेवी ३ का जिवित गुरुङ र भारत हैदराबादका राजकुमार थापा छन् । तिनै जना पोखरा, काठमाडौं हुदैं हिरा बेच्न बजारको खोजीमा पुर्वी चितवनको टाँडी बजार गएर र्फकने क्रममा पक्राउ परेका हुन् । उनीहरु ग १ य ३३० नम्बरको टुरिष्ट कारमा सवार थिए ।

प्रहरी निरिक्षक रुगम कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिरा पक्राउ पश्चात् जिल्ला सुनचाँदी व्यवसायी संघमार्फत जांच गराएको थियो । सुनचांदी व्यवसायीका अनुसार विभिन्न साईजका उक्त हिरा ११ दशमलव ५ क्यारेट तौलको र यसको स्थानिय बजार मुल्य १ करोड १० लाख पर्छ । प्रहरीले हिरा र पक्राउ परेकालाई भन्सार ऐन २०१९ अन्र्तगत थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व विभाग केन्दि्रय कार्यालय पठाउने जनाएको ईकान्तिपुर समाचारले जनाएको छ।