पुर्बेली एकता समाज स्पेन गठन


-बसन्त रानाभाट
बार्सिलोना/
स्पेनमा क्षेत्रीय तथा जातीय संगठनहरु तिन प्रतिदिन गठन भईरहेको बेला पूर्वेली एकता समाज स्पेन पनि थपिएको छ। पुर्बाञ्चलका बिभिन्न जिल्लाहरु स्थायी घर भई हाल स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले समाजको गठन गरेका हुन्।

समाजले पुरुषोत्तम भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती गठन भएको छ। कार्यसमितिको उपाध्यक्षमा पेशल कोइराला र बिदुर बस्नेत, महासचिबमा रन्जन वस्ती ,सचिब राजीव कटुवाल, कोषाध्यक्षमा रन्जिता गौतम शिवाकोटी, सह-कोषाध्यक्षमा बिमला सापकोटा चयन भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरुमा केदार निरौला,पुष्प कार्की, सुरज मैनाली ,तुलसी शिवाकोटी ,गोपाल भट्टराई ,,राकेश प्रसाई ,निर्मल राई ,तिलक बस्नेत ,प्रदिप रानामगर र बिकास राई रहेका छन्। कार्यसमितिको पहिलो बैठकबाट बाकी सदस्यहरु लगायत सल्लाहकार समिति चयन गर्ने भएको छ।

गत फेब्रुवरीमा सम्पन्न भेलाले २५ सदस्यीय तदर्थ समिति गठन गर्दै समाजको स्थापना गरेको थियो।

समाजका अध्यक्ष भट्टराईले स्पेनका सम्पुर्ण संघसस्थाहरु सँग कार्यगत एकता गर्दै अगाडि बढ्ने नेपालीनेपाली डटकमलाई बताए। उनले भने, “स्पेनमा जातीय तथा क्षेत्रीय संघ संगठन थपिदै गरेको बेला पुर्बाञ्चलबासि पनि एक भएका हौ, परेको बेला सबै नेपालीहरुको हितको लागि हामी एकजुट हुने छौ।”

आगामी भाबि कार्ययोजनाहरु ,बिधान मस्यौदा लगायत जिम्मेबारी बाडफाडका कार्यलाई बैठकबाट निर्णय गर्दै छिट्टै तय गरिने समाजले जनाएको छ।