पत्रकार क्षेत्रीको उपचार सहयोगका लागि कतारबाट एक लाख सहयोग


 

दोहा/

ब्रेन ट्युमरको अप्रेशन भई थप उपचारका लागि भारतकाे नयाँ दिल्ली गएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि नेपाली जनसम्पर्क समिति कतारले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ l

नेपाल प्रेस युनियनले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा ‘सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष’को नाममा खोलेको खातामा सो रकम पठाएको हो l

जनसम्पर्क समितिले सहमहामन्त्री मोहम्मद अजिज अलिको संयोजकत्वमा आन्तरिक रुपमा समितिका पदाधिकारी सदस्यहरु लगायत समितिमा आवद्धहरुबाट उक्त सहयोग रकम संकलन गरी पठाएको सभापति बिमल सुवेदीले बताए l

क्षेत्रीको मंसिर १७ गते अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया भएको थियो। नेपाल प्रेस युनियनका सचिव समेत रहेका क्षेत्री गीतकारसमेत हुन् ।