विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग इंग्ल्याण्ड १ सय ११ रनले पराजित


मेलबर्न/ उत्कृष्ट लयमा देखिएको अस्ट्रेलिया सामु नतमस्तक बन्दै इंग्ल्याण्ड विश्वकपको पहिलो खेलमा १ सय ११ रनको भारी अन्तरले पराजित बनेको छ ।

एरोन फिन्चको एक सय ३५ रन तथा ग्लेन म्याक्सवेलको ४० बलमा बनाएको ६६ रनको मद्दतले अस्ट्रेलियाले इंग्ल्याण्डसामु ९ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको थियो ।
३ सय ४३ रनको ठूलो स्कोर पछ्याइरहेको इंग्ल्याण्डको माथिल्लो क्रम टिक्न नसकेपछि पराजित बन्न पुग्यो । जेम्स टेलरले नट आउट रहँदै ९८ रन बनाए पनि इंग्ल्याण्ड अन्ततः २ सय ३१ रनमा अलआउट बन्न पुग्यो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ३३ रन खर्चेर ५ विकेट लिए ।

यसअघि इंग्ल्याण्डका स्टीभन फिनले खेलको अन्तिम तीन बलमा तीन विकेट लिँदै विश्वकपको पहिलो ह्याट्रिक बनाए ।