गायिका तारा थापाको उपचारका लागि ईनास अमेरिकाको सहयोग


विजय थापा
डिसी/  नेदर ल्याण्डमा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको (ईनास) ५६ औ शाखा अमेरिकाले गायिका तारा थापाको उपचारका लागि सहयोग गरेको छ । सिकिस्त बिरामी थापाको उपचारका लागि ५५ हजार रुपैया उपलब्ध गराउँदै समाजले सहयोग गरेको हो ।

समाजले वरिष्ठ गायिका मिरा राणा मार्फत उक्त सहयोग रकम नेपाल हस्तान्तरण गरेको छ । समाजकी अमेरिका शाखा सभापति आनन्दु लामा थिङ्गले एक कार्यक्रमका बीच उक्त सहयोग रकम गायिका मिरा राणालई हस्तान्तरण गरिन् ।

समाजले उक्त रकम पदाधिकारीहरुबाट संकलन गरिएको जनाएको छ । उक्त हस्तान्तरणमा समाजका उपाधक्ष्य तथा ख्याती प्राप्त गायक मधु क्षेत्री लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा थियो । समाजकी सभापति लामाले मानवीय धर्म नै सबैभन्दा ठूलो धर्म भएकाले सहगोग गरेको उक्त अवसरमा जानकारी दिइन् ।