वल्डकप क्रिकेटमा मिलर र डुमिनीको कीर्तिमानी साझेदारी


 

काठमाडौं /

दक्षिण अफ्रिकाका डेभिड मिलर र जेपी डुमिनीले पाँचौ विकेटका २५६ रनको कीर्तिमानी साझेदारी गरेका छन् ।

यो विश्वकपका साथै एकदिवसीय क्रिकेटमा पाँचौ विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो ।

हेमिल्टनमा जिम्बाब्बे विरूद्ध पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । तर, मिलर र डुमिनीले पाँचौ विकेटका लागि अविजित २५६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभर चार विकेट गुमाएर ३३९ रन बनाएको छ ।

आक्रामक ब्याटिङ गरेका मिलरले मात्र ९२ बलमा सात चौका र नौ छक्काको मदतमा अविजित १३८ रन बनाएका छन् । डुमिनीले १०० बलमा नौ चौका र तीन छक्कासहित अविजित ११५ रन बनाए ।

यसअघि २०१३ मा आयरल्याण्ड विरुद्धको वन डेमा इंग्ल्याण्डका इयान मोर्गान र रवी बोपाराले २२६ रनको अविजित साझेदारी गरेका थिए । उक्त खेलमा मोर्गान १२४ र बोपारा १०१ रनमा अविजित रहेका थिए ।