पोखरामा आश्रमलाई ३४ वटा डसना र ५० चकटी सहयोग


 

पोखरा/राष्ट्रिय परोपकार महासंघद्धारा संचालित सिद्ध परोपकार वैद्धिक गुरुकूल आश्रमलाई शुक्रवार ३४ वटा डसना र ५० पिस चकटी हस्तान्तरण गरिएको छ । मानव विकास मञ्च नेपाल, मानव मिलन नारी जागरण नेपाल र संकल्प आमा समूहको संयुक्त आयोजनामा कपडा संकलन अभियान मूलआयोजक समितिद्धारा संकलित कपडाबाट निर्माण गरिएको उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, मञ्चका अध्यक्ष तथा समाजिक अभियन्ता सुष्मा पौडेल, नारी जागरणका अध्यक्ष सावित्री शर्मा, आमा समूहका अध्यक्ष भगवती बरालले संयुक्तरुपमा राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष युवा पं कमलनयन गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथि राउतले पूण्यकाममा लागेर सुसंस्कृत र सुसभ्य समाज निर्माणमा पोख्रेलिहरु जुट्नु महत्वपूर्ण कार्य भएको बताए । उनले हरेक प्राणी आफ्नो लागिमात्र सोच्ने तर मानिस अरुका लागि समेत सोच्ने प्राणी भएकाले सर्वश्रेष्ठ सामाजिक प्राणी भएको बताए । साथै यस्ता कार्यमा र अर्काको भलाईमा लागीपर्नुपर्ने आवश्यकतासमेत औल्याए ।

राष्ट्रिय परोपकार महासंघका अध्यक्ष युवा पं कमलनयन गौतमले उक्त सहयोग परोपकारलाई गरेकोमा धन्यवाद ज्ञापन गर्दै राज्यले गर्नुपर्ने कार्यमा जुटेकोमा आभार व्यक्त गरे । अधिकारकर्मी माधव पहारीले सेवा नै धर्म भन्नुभन्दा धर्म नै सेवा सोच्नुपर्नेमा जोड दिदै जो व्यक्ती धार्मिक बन्छ ऊ स्वतः सेवामा जुट्ने धारणा व्यक्त गरे ।सिद्धार्थ क्लबका अध्यक्ष दिपेन्द्र मर्सानीले निर्माण व्यवसायी संघका तर्फबाट चकटी तथा डसनाका लागि खोल सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले परोपकारी पत्रकारिता आजको आवश्यकता भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मञ्चका अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका तर्फबाट उत्तम जोशी, अभियानका सदस्य तथा महिला उद्यमी दुर्गा आचार्य, महिला विकासका लागि आमा समूहका अध्यक्ष मेनुका बराललगायतले वोलेका थिए ।