भवन निर्माणका लागि पत्रकार महासंघ कास्कीलाई २५ हजार सहयोग


पोखरा /पर्यटन व्यवसायी तथा समाजसेवी हरिध्यवज तुलाचनले नेपाल पत्रकार महासंघ कास्की शाखाको भवन निर्माणका लागि २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमको विच तुलाचनले उक्त रकम महासंघका अध्यक्ष रामकृण ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

तुलाचनले पत्रकार महासंघको भवन निर्माण गर्न आफ्नो परिवारको तर्फबाट पहिलेनै आर्थिक सयोग गर्ने चहाना रहेको भन्दै रकम दिन पाउदा निकै सुखि लागेको बताए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ कास्की सल्लाहकार नारायण कार्कीले स्थानिय सहयोगले नै गर्दा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । हालसम्म भवन निर्माण गर्न एक करोड ३० लाख खर्च भई सकेको महासंघका अध्यक्ष ज्ञवालीले जनाकारी दिए ।