आयोजक सहारा आहा रारा गोल्डकपको पहिलो चरणबाटै बाहिरियो


सागर राज तिमिल्सिना

पोखरा/आयोजक सहारा क्लबलाई हराउदै सिमराको नव जनजागृति क्लब १३ औ संस्करणको आहा रारा गोल्डकपको अघिल्लो चरणमा प्रबेश गरेको छ । सहारालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराएको हो । मंगलबार भएको उद्घाटन खेलमा निर्धारित समयको खेल ३ – ३ को बराबरीमा सकिएपछि थप समयको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा सहाराका जयल गुरुङ र गोविन थापाले चुके पछि जनजागृतीको जित सुनिस्चित बनेको हो । उनिहरुको प्रहारलाई जनजागृतीका गोलकिपर बाबु मगरले रोकेका थिए । सहाराका लागी सागर गुरुङ, भुपाल गुरुङ र अनिल ओझाले गोल गरे । टाइबेकरमा जनजागृतीका लागी राज पौडेल, सन्जय राजबाहाक, कुमार गुरुङ, सन्जिप सिल्वालले गोल गरे । मनु चौधरीको प्रहार भने बारबाट बाहिरीको थियो ।

खेल शुरु भएको २६ मिनेटमा नै ३ –० ले पछि परेको सहाराले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको चौथो मिनेटमा सरोज तामाङले दिएको बललाई रवी पासवानको गोलले गोल गर्दै नव जनजागृतिले अग्रता लिएको थियो । जनजागृतिले १० औं मिनेटमा अग्रता दोब्बर पा¥यो । राज पौडेलले दिएको पासलाई सदुपयोग गर्दै म्यान अफ्दी म्याच कुमार गुरुङले गोल गरे । खेलको २६ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि नव जनजागृति आयोजकविरुद्ध ३–० को अग्रता लिन सफल भएको थियो ।

सहाराले खेलको ३० औं मिनेटमा अनिल ओझा गोल गरे । खेलको ५३ औं मिनेटमा अनिल गुरुङ र ८५ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै सहारालाई बराबरीमा पु¥याए । सहाराका प्रशिक्षक विष्णु केसीले पहिलो हापमा खेलाडीको ताल मेल नमिल्दा हार व्यहोरेको बताए । त्यसै गरि नव जनजागृतीका प्रशिक्षक जिवन लामाले अघिल्लो खेलमा अझ सुधारीको खेल खेल्ने बताए । उपाधि विजेता टोलीले नगद ४ लाख ११ हजार जित्ने छ । उपविजेताले दुईलाख ६१ हजार रुपियाँ पाउने छ । बुधबारको खेल शसस्त्र प्रहरीको एपिएफ र सुदुर पश्चिमाञ्चलको कैलाली विच खेल हुनेछ । प्रतियोगिताको राखेपका सदस्य सचिब युवराज लामाले उद्घाटन गरेका थिए ।