काग्रेस नेताहरु पोर्चुगल आउदै, जनसम्पर्क समितिको अधिबेशन चहलपहल


लिस्वन /

नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिबेशनको अवसरमा राजधानी लिस्वन कांग्रेसमय हुने भएको छ ।

अधिवेशनमा भाग लिन नेपाली कांग्रेसका नेता गगन थापा, धनराज गुरुङ तथा अर्जुन कुमार जोशी लगायत जनसम्पर्क समिति युरोपका पदाधिकारी र युरोपका विभिन्न देशका समितिका अध्यक्ष, पदाधिकारी तथा महासमिति सदस्य एबं महाधिवेशन प्रतिनिधिहरुको कुम्भ मेला लाग्ने भएको छ ।

फेब्रुवरी १ का लागी तय गरिएको महाधिवेशनमा भाग लिन कांग्रेसजनहरु लिस्वन आउन लागेका हुन् ।

पोर्चुगल कांग्रेसको नेतृत्वको लागी बर्तमान उपाध्यक्ष, महामन्त्री, पूर्व उपाध्यक्ष तथा सल्लाहकार समेत आकांक्षी देखिएता पनि बर्तमान अध्यक्ष सापकोटा लाई नै निरन्तरता दिने सम्भावना बढ्दै गएको छ l त्यस्तै अध्यक्ष बाहेकका पदाधिकारीहरुको लागी पनि आकांक्षीहरु त्यतिकै धेरै देखिएका छन् l सांगठनिक तथा संख्यात्मक दृष्टिकोणले समेत बलियो मानिएको यस संस्थाको नयाँ नेतृत्व के कस्तो हुने भन्ने चासो  आम नेपाली माझ रहेको छ 

समितीमा कार्यरत र नयाँ समेटेर आगामी कार्यसमिति चयन गर्ने बिषय नेतृत्वको लागि त्यति सहज देखिदैन l सबै समेटिने गरि समावेशी कार्य समिति चयन गर्नु चुनौतीको बिषय नै हो l नेतृत्वले जिम्मेवारी पूर्वक सहि र सम्मानजनक निर्णय नगरेको खण्डमा अन्य देशमा झैँ पोर्चुगल कांग्रेस पनि गुट, फुट र उपगुट को शिकार बन्न सक्छ l

सन् २००६ को संथापना काल देखि २ कार्यकाल संस्थापक अध्यक्ष पूर्ण हमाल र तेस्रो अधिवेशन मार्फत लक्ष्मि प्रसाद सापकोटाले नेतृत्व गर्दै आएका छन् l हाल सम्मका दुवै नेताहरु यसअघि गैर आवाशीय नेपाली संघ पोर्चुगलको अध्यक्ष समेत भईसकेका छन l

केन्द्रले तोके अनुसार सक्रिय सदस्य बनाउन सकेको खण्डमा तिन महासमिति सदस्य र चार महाधिवेशन प्रतिनिधि छनौट गर्ने हैसियत जनसम्पर्क समिति पोर्चुगल ले राख्दछ l त्यसैले यो अधिवेशन झनै अर्थपूर्ण रहेको बताउछन् कांग्रेसजनहरु l कांग्रेस महाधिवेशनमा मतदान गर्ने अधिकार रहने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छनौट पनि कम चुनौतीपूर्ण छैन l

यसअघि समितिले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमहरुमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला, आरजु देउवा, प्रकाशशरण महत, अर्जुन जोशी लगायतका नेताहरुले सहभागिता जनाईसकेका छन् l

पोर्चुगलको अधिवेशन समापन पश्चात सोही दिन जनसंपर्क समिती युरोपको बिस्तारित बैठक एबम युरोप स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रम पनि रहेको छ ।