एमाओवादीलाई बन्द हड्ताल फिर्ता लिइ छलफलमा बस्न सत्तापक्षको आग्रह


काठमाडौं,/सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख पूतिपक्ष एमाओवादीलाई बन्द हड्ताल जस्ता कार्यक्रम फिर्ता लिई छलफमा बस्न आग्रह गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको दुई दलको बैठकमा नेताहरु यस्तो आग्रह गरेका हुन् ।

बन्द र हड्तालबाट सहमतिको संविधान नआउने भएकाले संविधानसभाबाट संविधान ल्याउने गरी दुई दल अगाडि बढ्ने जानकारी एमाले अध्यक्ष केपी ओलीले पत्रकारलाई जानकारी गराए । उनले सहमतिका नाममा धेरै समय प्रयास भएकाले अब प्रक्रियामा जानुको विकल्प नदेखिएको पन बताए ।

कांग्रेस एमालेले सहमतिका लागि विपक्षी मोर्चाले बन्द हड्ताल जस्ता आन्दोलनका कार्यक्रम रोक्नुपर्ने शर्त समेत अघि सार्ने भएका छन् ।

बन्द हड्ताल जस्ता जनविरोधी क्रियाकलाप गर्ने र संविधानसभाको बहिस्कार गरेर जनताको अपमान गर्ने काम रोकिनुपर्छ ओलीले भने । उनले सहमतिका नाममा प्रक्रिया रोकेर माओवादीले माघ ८मा संविधान जारी गर्न नदिने प्रपञ्च रचेको दोष समेत लगाए । एमाओवादीलाई सहमतिमा ल्याउन नसकिए प्रकृया अपनाएर भएपनि संविधान जारी गर्ने प्रतिबद्धता ओलीले व्यक्त गरे ।