तीन र पाँच गतेको नेपाल बन्द स्थगीत, ६ गते संयुक्त बन्द


काठमाडौं/

बेग्ला बेग्लै आन्दोलनको कार्यक्रम लिएर अघि बढेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा–माओवादी र आदिवासी जनजाती राष्ट्रिय आन्दोलन समितिले अब संयुक्त आन्दोलन गर्न सहमत भएका छन् ।

बुधबार बिहान नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ निवासमा एमाओवादी अध्यक्ष प्रचण्ड र आदिवासी जनजाती राष्ट्रिय आन्दोलनका संयोजक पद्यमरत्न तुलाधरबीच भएको छलफलमा अलग–अलग भएर आन्दोलन गर्नुको साटो संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय भएको हो ।

बैठकले नेकपा–माओवादीले आह्वान गरेको ३ गतेको नेपाल बन्द र मोर्चाले आह्वान गरेको ५ गतेको आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ ।

‘३ र ५ गतेको साटो ६ गते एकीकृत रुपमा आन्दोलन गर्ने निर्णय भएको छ,’ प्रचण्डका स्वकीय सचिव चुडामणि खडुकाले जानकारी दिए ।