रेडियो स्पेननेपालमा साहित्यिक नयाँ कार्यक्रम साहित्य संगम (अडियो सहित)


बार्सिलोना/

रेडियो स्पेननेपालले आफ्नो प्रसारणमा साहित्यिक नयाँ कार्यक्रम साहित्य संगम शुरु गरेको छ। रेडियो प्रस्तोता देबेन्द्र पौडेलले कार्यक्रमलाई संचालन गरेका छन्। लामो समय रेडियोमा साहित्यिक कार्यक्रम संचालन गर्दै आएका पौडेलको कार्यक्रम स्पेननेपाल लगायत अन्य रेडियोहरुमा एकै साथ प्रसारण भएको छ।

कार्यक्रम हरेक मंगलबार नेपाली समय अनुसार राति ९ बजे प्रसारण हुने गर्दछ। साथमा स्पेनको समय अनुसार राति ९ बजे पुन प्रसारणको रुपमा मंगलबार नै प्रसारण गरिने रेडियोले जनाएको छ।

हामी नयाँ नयाँ कार्यक्रमहरुको खोजीमा छौ सोचे जस्तो राम्रो साहित्य विधाको कार्यक्रम पायौ त्यसैले शुरु गरेका हौ रेडियोका सस्थापक सदस्य बसन्त रानाभाटले बताए। उनका अनुसार अब नयाँ कार्यक्रमको रुपमा युरोपको गतिविधिलाई समेटेर “युरोप भित्रको कथा” प्रसारणको क्रममा रहेको छ। जसलाई रानाभाटले नै संचालन गर्दै छन्।

नोट- कार्यक्रम “साहित्य संगम  सुन्नको माथि बजिरहेको रेडियोलाई पज गरेर,तलको प्ले बटमलाई क्लिक गर्नुहोला।